काठमाडौं । तामाङ तथा लिम्बु समुदायको सांस्कृतिक स्वाद बोकेको नयाँ गीत ‘लिम्बुनी कान्छी हो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। मौलिक संस्कृति, प्रेमभाव र आपसी सम्मानलाई केन्द्रमा राखेर तयार गरिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान तानेको छ।
गीतले समुदायबीचको आत्मीय सम्बन्ध, सांस्कृतिक सौन्दर्य र परम्परागत जीवनशैलीलाई सरल तर प्रभावशाली ढंगले प्रस्तुत गरेको छ। भिडियोमा समेटिएका मौलिक भेषभूषा, नृत्य र सांस्कृतिक दृश्यहरूले गीतलाई अझ जीवन्त र आकर्षक बनाएका छन्।
यस गीतमा युवा गायक चेतन लामा र चर्चित गायिका सुमिना लो को सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द अशोक मोक्तान ले लेखेका हुन् भने संगीत प्रताप जिम्बा ले तयार पारेका छन्। अडियोको एरेञ्ज र मिक्सिङमा सानुबाबु घिसिङ ले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
म्युजिक भिडियो बिजय भोलन को प्रस्तुतिमा तथा सञ्जीव थोकर को कोरियोग्राफी र निर्देशनमा निर्माण गरिएको हो। भिडियोको सम्पादन र कलर अनिल बिस्ट फ्युथनी ले गरेका छन् भने छायांकन दुर्गा श्रेष्ठ को रहेको छ। समग्रमा भिडियो दृश्यात्मक रूपमा सशक्त र आकर्षक देखिन्छ।
भिडियोमा स्थापित कलाकार दुर ब्रेभ गुरुङ ,ननिता हिमरुङ तथा चर्चित हास्य कलाकार कुईसाङ रुम्बा को सशक्त अभिनय देख्न सकिन्छ। कलाकारहरूको अभिनय, संगीत र दृश्य संयोजनको दर्शकहरूले युट्युब तथा सामाजिक सञ्जालमार्फत खुलेर प्रशंसा गरिरहेका छन्।
गीत सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै गायक चेतन लामाले भने,
“‘लिम्बुनी कान्छी हो’ केवल प्रेमगीत मात्र होइन, यो हाम्रो सांस्कृतिक पहिचानको प्रतिनिधि पनि हो। दर्शक–श्रोताबाट पाएको माया र समर्थनले निकै खुसी बनाएको छ।”
त्यस्तै, गीतकार अशोक मोक्तानले गीत लेख्दा संस्कृति र भावनालाई प्राथमिकतामा राखिएको स्पष्ट पार्दै भने,
तामाङ–लिम्बु सांस्कृतिक समन्वयलाई गीतमार्फत उजागर गरिएको ‘लिम्बुनी कान्छी हो’ ले मौलिक नेपाली गीत–संगीतको क्षेत्रमा उल्लेखनीय स्थान बनाउने अपेक्षा गरिएको छ। म्युजिक भिडियो हाल युट्युब तथा विभिन्न सामाजिक सञ्जालमार्फत हेर्न सकिन्छ।






















