तेमाल- नेपाली कम्युनिष्ट पार्टी तेमाल गाउँपालिकामा ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । गत शनिवार सम्पन्न पालिका स्तरीय विस्तारित बैठकले ग्याम्जो लामाको संयोजकत्वमा र सूर्यबहादुर तामाङको सह-संयोजकत्वमा परिचालन समिति गठन गरिएको हो ।

बैठकले कल्पना लामाको संयोजकत्वमा र विरबल लामाको सह-संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ । बैठकले प्रभावकारी ढंगले निर्वाचन परिचालन गर्ने निर्णय गरिएको संयोजक लामाले जानकारी दिए ।

विस्तारित बैठकमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य सूर्यमान दोङले व्यवस्थाको रक्षा र राष्ट्रिय स्वाधिनताका लागि नेकपाले जित्नुपर्ने बताउँदै सुशासन कायम गर्न भ्रष्टाचारको विरुद्ध लाग्ने बताए । वैठकमा प्रत्यक्ष उम्मेदवार तथा नेकपा केन्द्रिय सदस्य दिननाथ गाैतम, समानुपातिक उम्मेदवारहरु रामदेवी तामाङ र मिना पाख्रिन, पार्टीको केन्द्रीय सदस्य गंगाबहादुर तामाङ, प्रदेश कमिटी सदस्यहरु, जिल्ला सदस्यहरु लगायतका सहभागी थिए ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।