काठमाडौं । नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई योगदान नगरेकाहरू सोसल मिडियामा स्टन्ट गरेर राजनीतिमा स्थापित हुन खोजिरहेको टिप्पणी गरेका छन् । काठमाडौं क्षेत्र नं. ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले साम्राज्यवादी शक्तिहरूले विभिन्न देशमा लोकतन्त्र र समाजवादविरुद्ध पपुलिस्टहरूलाई प्रयोग गर्ने गरेको बताए ।

प्रचण्डले नेपालमा पनि लोकप्रियतावाद हाबी हुन खोजेको र भूराजनीतिक चलखेलमार्फत हस्तक्षेपको प्रयास भइरहेको दाबी गरे । रास्वपाप्रति संकेत गर्दै उनले पपुलिस्टहरू विदेशी शक्तिका पात्र भएको आरोप लगाए । साथै, २६ घटक मिलेर बनेको नेकपा देशकै ठूलो पार्टी बन्ने विश्वास व्यक्त गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।