काठमाडौं । तामाङ सांगीतिक आकाशमा नयाँ रंग थप्दै गायिका रोजिना लोप्चनको नयाँ म्युजिक भिडियो ‘ ब्योन
च्याङ्बा’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। प्रयास दोङको प्रस्तुतिमा तयार भएको यो म्युजिक भिडियो दर्शकमाझ विशेष उत्साहका साथ युट्युबमार्फत सार्वजनिक भएको हो।

कृष्ण ब्लोनको निर्देशनमा तयार भएको भिडियोमा प्रेम, भावना र समकालीन जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। भिडियोमा मोडल मिलन थिङ पाराङ र अस्मिता तामाङको आकर्षक अभिनय देख्न सकिन्छ। उनीहरूको जोडीले गीतको भावलाई जीवन्त बनाउँदै दर्शकको मन छुने प्रयास गरेका छन्।

भिडियोको दृश्य संयोजन, छायांकन र सम्पादन पक्ष निकै सशक्त देखिन्छ। आकर्षक लोकेशन, सौन्दर्यपूर्ण फ्रेम र कलात्मक प्रस्तुति यस म्युजिक भिडियोका मुख्य विशेषता हुन्। संगीत संयोजन युवा संगीतकार प्रयास दोङले गरेका हुन् भने शब्द सृजना बी-योन (सुगम तामाङ) को साथै चर्चित गायिका जितु लोप्चनकी आवाज रहेकी छिन् ।

प्रयास दोङ च्यानलमार्फत सार्वजनिक गरिएको ‘ब्योन च्याङ्बा’ सोमबार दिउँसो २ बजे रिलिज गरिएको हो। सार्वजनिक भएसँगै भिडियोले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। दर्शक तथा श्रोताले गीतको शब्द, संगीत र कलाकारहरूको अभिनयको प्रशंसा गरिरहेका छन्।

तामाङ सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रोजिना लोप्चनको यो प्रस्तुति पनि सफल हुने विश्वास गरिएको छ। मौलिकता र आधुनिकताको सुन्दर संगमका रूपमा आएको ‘ब्योन च्याङ्बा’ ले तामाङ गीत–संगीतलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।