काठमाडौं । तामाङ सेलो गीत “नाम्सा धिम्ला रानी” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतले तामाङ संस्कृति, माया–प्रेम र ग्रामीण परिवेशलाई समेट्दै दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
यस गीतका शब्द गोरखा घिसिङ ले रचना गरेका हुन् भने संगीत कोसिस ठोकर ले तयार पारेका छन्। गीतमा गायक विकास तामाङ र जितु लोप्चन को सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई थप आकर्षक बनाउन एरेन्ज जोगलाल लामा ले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ दिपेश प्रधान ले गरेका छन्।
भिडियोतर्फ कलाकार सञ्जिप ठोकर, युनिक योञ्जन, करुणा घिसिङ, जेनी मोक्तान, गोरखा घिसिङ, अभि ब्लोन र राम तामाङ को अभिनय देख्न सकिन्छ। उनीहरूको प्रस्तुतीले गीतको भावलाई जीवन्त बनाएको छ।
भिडियोमा मेकअप आर्टिस्टका रूपमा बिमला सापकोटा रहेकी छन् भने निर्देेशन,छायांकन तथा सम्पादन सुनिल कुमार मोक्तान ले गरेका छन्। नृत्य निर्देशन को–म्हेन्दो मिडिया हाउस ले गरेको छ, जसले भिडियोमा आकर्षक नृत्य शैली प्रस्तुत गरेको देखिन्छ।
तामाङ समुदायको मौलिकता र सांस्कृतिक पहिचान झल्काउने यस गीतको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा युट्युबमार्फत दर्शक–श्रोताले सकारात्मक प्रतिक्रिया दिन थालेका छन्। नयाँ पुस्ता र कलाकारहरूको सहकार्यमा तयार भएको “नम्सा धिम्ला रानी” गीतले तामाङ सेलो संगीत क्षेत्रमा थप उत्साह र ऊर्जा थप्ने विश्वास गरिएको छ।
भिडियो हेर्नुस्
























