भक्तपुर- निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ।

प्रतिनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक सांसदका लागि नाम सिफारिस गरेका थिए। त्यसकै आधारमा आज निर्वाचन आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गरेको हो।

आयाेगले विभिन्न ६ वटा पार्टीबाट निर्वाचित हुने सा‌ंसदहरुकाे सूची प्रकाशित गरेकाे हाे । आयोगका अनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना निर्वाचित भएका छन् ।

आयोगका अनुसार ६ दलबाट ११० जना सांसद निर्वाचित हुँदा ८२ जना महिला निर्वाचित भएका छन् । जसमा सबैभन्दा बढी रास्वपाबाट ४८ जना, दोस्रोमा नेपाली कांग्रेसबाट १५ जना, तेस्रोमा नेकपा (एमाले)बाट १० जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ४ जना, श्रम संस्कृति पार्टीबाट ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट २ जना छन् ।

समानुपातिक सांसदहरुको नामावलीः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।