काठमाडौँ । तामाङ संगीत क्षेत्रमा नयाँ भावनात्मक गीत ‘ङा सिसाइ’ सार्वजनिक भएको छ। सुवास तामाङको प्रस्तुति रहेको यस गीतले दर्शक तथा श्रोताको मन जित्न थालेको छ। गीतमा प्रेम, विछोड र सम्झनाका गहिरा भावनाहरूलाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

उक्त गीतमा स्वर सुवास तामाङ र पुर्णिामा तामाङले दिएका छन् भने शब्द गीतकार कुमार स्याङबा को रहेको छ। संगीत पनि स्वयं सुवास तामाङले नै तयार गरेका हुन्।

म्युजिक भिडियोमा सागर लोप्चन र वाविता तामाङको अभिनय देख्न सकिन्छ, जसले गीतको भावनालाई अझ जीवन्त बनाएको छ। भिडियो निर्देशन समेत सुवास तामाङले नै गरेका हुन्। भिडियोको छायांकन, इडिट त्रिलोक लामालेे गरिएको हो।

‘ङा सिसाइ’ मा मायाको पीडा, सम्झनाको तडप र आत्मीय सम्बन्धको गहिराइलाई सुन्दर दृश्य र संगीतमार्फत प्रस्तुत गरिएको छ। सार्वजनिक भएको छोटो समयमै यो गीत सामाजिक सञ्जाल तथा युट्युबमा चर्चा बटुल्न सफल भएको छ।

तामाङ मौलिकता र आधुनिक शैलीको समिश्रण गरिएको यस गीतले दर्शकलाई भावुक बनाउने मात्र नभई तामाङ संगीतप्रति आकर्षण पनि बढाउने विश्वास गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।