काठमाडौं । तामाङ संगीत क्षेत्रमा नयाँ स्वाद बोकेको गीत “नम्बरी सुनको सिक्री” सार्वजनिक भएको छ। प्रस्तुतकर्ता पदम तामाङको पहलमा तयार गरिएको उक्त गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान खिच्न थालेको छ।

गीतमा मिन योन्जन र सुमिना लोको स्वर रहेको छ भने शब्द पनि मिन योन्जनकै रहेको छ। संगीत संयोजन अमृत लामाले गरेका छन् भने एरेन्ज तथा मिक्सिङ सन्दिप घिसिङले गरेका हुन्। बौद्धस्थित फ्याफुल्ला स्टुडियोमा रेकर्ड गरिएको गीतको निर्माणमा पदम तामाङ स्वयं निर्माता रहेका छन्।

सांगीतिक रूपमा परम्परागत तामाङ सेलोको मिठास र आधुनिक प्रस्तुतीकरणको संयोजनले “नम्बरी सुनको सिक्रि”लाई विशेष बनाएको छ। गीतको भिडियोमा आकर्षक दृश्य, सांस्कृतिक पोशाक र भावनात्मक अभिनयले अझै प्रभावकारी बनाएको देखिन्छ।

सार्वजनिक भएको छोटो समयमै गीत विभिन्न डिजिटल प्लेटफर्महरुमा लगायतमा उपलब्ध भइसकेको छ। तामाङ समुदायको मौलिक संस्कृति र भावनालाई समेटिएको यस गीतले संगीतप्रेमीमाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

समग्रमा, “नम्बरी सुनको सिक्री”ले तामाङ सेलो संगीतलाई नयाँ उचाइतर्फ लैजाने संकेत दिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।