काठमाडौँ । तामाङ सांगीतिक क्षेत्रमा उदाउँदा गायक तथा सर्जक कविन्द्र तामाङको नयाँ अडियो गीत ‘कादे माया कम ताजी’ सार्वजनिक भएको छ। प्रेम, भावना र मनको गहिरो अनुभूतिलाई समेटिएको यस गीतले सार्वजनिक भएसँगै संगीतप्रेमी दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

गीतमा शब्द तथा संगीत स्वयं युवा गायक तथा संगीतकार कविन्द्र तामाङकै रहेको छ। मायाप्रतिको समर्पण, भावनात्मक सम्बन्ध र मनभित्र लुकेको प्रेमलाई सरल तर मार्मिक शब्दमार्फत प्रस्तुत गरिएको गीतले युवापुस्ताको मन छुने अपेक्षा गरिएको छ।

गीतमा गायक तथा संगीतकार कविन्द्र तामाङकै स्वर रहेको छ भने संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ अर्पण थिङ तामाङले गरेका छन्। आधुनिक संगीत शैली र भावनात्मक शब्दको संयोजनले गीतलाई अझ आकर्षक बनाएको छ।

विशेषगरी प्रेमिल भावनालाई केन्द्रमा राखेर तयार गरिएको यस गीतले तामाङ संगीत क्षेत्रमा नयाँ स्वाद थप्ने विश्वास गरिएको छ। सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा गीतको चर्चा बढ्दो क्रममा रहेको छ।

‘कादे माया कम ताजी’ ले प्रेमका अनुभूति, मनको पीडा र आत्मीय सम्बन्धको कथालाई संगीतमार्फत सुन्दर ढंगले प्रस्तुत गरेको भन्दै स्रोताहरूले प्रशंसा गर्न थालेका छन्।
यस् गीत गायक तथा संगीतकार कविन्द्र तामाङकै अफिसियल च्यानलबाट सार्वजनिक भएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।