धुलिखेल – काठमाडौ पाइने आधुनिक सौन्दर्य सेवासहितको सेवा अब धुलिखेलमा नै पाइने भएको छ । विहिबार धुलिखेल नगरपालिका वडा नम्बर ७ बसपार्क नजिकै “ओ माइ ग्लोस युनिसेक्स सेलुन एण्ड एकेडेमीले आफ्नो सेवाको औपचारिक रूपमा सञ्चालनमा गरेको हो ।

सौन्दर्य तथा व्यक्तित्व विकाससम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको उक्त पार्लरको उद्घाटन ख्रिष्ट्यान विधि अनुसार प्रार्थना गरेर गरिएको थियो । ईभाञ्जेलिकल मित्र मण्डलीका डाइरेक्टर तथा काठमाडौं मित्र मण्डलीका पास्टर आमेन थापा, धुलिखेल वडा नम्बर ७ का वडा अध्यक्ष रोमी प्रसाद व्याञ्जु तथा सञ्चालक परिवारका अग्रज अभिभावकले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका थिए ।

सञ्चालक दम्पती सृजना राई र साजन खड्गीले आधुनिक प्रविधि, स्वच्छ वातावरण तथा गुणस्तरीय सेवासहित पार्लर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।

दम्पतीका अनुसार पार्लरमा हेयर कटिङ, हेयर स्टाइलिङ, मेकअप, स्किन केयर, फेसियल, वैक्सिङ, नेल आर्ट, ब्राइडल मेक अप लगायत सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुने बताए । साथै, व्यावसायिक सीप विकासका लागि व्युटिसियन तालिमसमेत सञ्चालन गरिने जनाइएको छ।

पार्लरमा प्रयोग हुने सामग्री स्वास्थ्य मापदण्डअनुसार सुरक्षित र गुणस्तरीय रहेको तथा प्रत्येक सेवामा हाइजेनिक ट्रिटमेन्टलाई विशेष प्राथमिकता दिइएको सञ्चालक पक्षले जनाएको छ। दक्ष तथा अनुभवी जनशक्तिबाट सेवा प्रदान गरिने भएकाले सेवाग्राहीले सहज र सन्तोषजनक अनुभव प्राप्त गर्ने विश्वास लिइएको छ।

उद्घाटनको अवसर पारेर पार्लरले एक महिनासम्म सम्पूर्ण सेवामा ५० प्रतिशत छुटको विशेष अफरसमेत घोषणा गरेको छ । यसबाट स्थानीय सेवाग्राहीले सहुलियत दरमा गुणस्तरीय सेवा लिन सक्ने अपेक्षा गरिएको छ।

पार्लरका प्रोपाइटर सिर्जना राईले सेवाग्राहीको स्वास्थ्य, विश्वास र सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै बजार मूल्य समान भए पनि आफ्नो पार्लरबाट सेवा लिने प्रत्येक ग्राहकलाई फरक अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरे ।

वडाध्यक्ष रोमी प्रसाद व्याञ्जुले अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनसहित सम्पूर्ण सेवा सुविधा प्रदान गर्ने यस व्यवसायको सफलताको शुभकामना व्यक्त गरे साथै यस्तो सेवा सुविधा हिजोको दिनमा काठमाडौमा मात्र पाइने गरेको र आज धुलिखेलमा नै यस्तो सुविधा सम्पन्न सेवा उपलब्ध भएकोमा खुसी व्यतm गरे ।

कार्यक्रममा स्थानीय समाजसेवी, व्यवसायी, युवायुवती तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको समानपन धुलिखेल मित्र मण्डलीका पास्टर प्रज्ञा रानाले व्यवसायको सफलताको कामनासहित आशिषको प्रार्थना गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।