काठमाडौं- सामाजिक सञ्जाल टिकटकको दुरुपयोग गरी महिलालाई ब्ल्याकमेलिङ गर्दै रकम असुल गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ का २३ वर्षीय समिर तामाङ रहेका छन् ।

पीडित महिलाको व्यक्तिगत तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा भाइरल गरिदिने धम्की दिँदै तामाङले आर्थिक लाभ लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यसैबीच पीडित महिलाले दिएको उजुरीका आधारमा साइबर ब्यूरोले प्राविधिक अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा ब्ल्याकमेलिङमा तामाङकै संलग्नता पुष्टि भएपछि ब्यूरोको टोलीले उनलाई गुड्दो वैशाख ३० गते काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका तामाङमाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट सात (७) दिनको म्याद थप गरिएको छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐन र अपराधिक लाभ (ब्ल्याकमेलिङ) सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको ब्यूरोले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।