-चुडामणि तिमल्सिना
बेथानचाोक- काभ्रेपलाञ्चोक जिल्लाको वेथानचोक गाउँपालिका वडा नं. १ अन्तर्गत झिङ्गे–फुर्केथली–नारायणस्थान मोटरबाटो तीन वर्षपछि सम्पन्न भएको छ।
वाग्मती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात पूर्वाधार निर्देशनालयबाट विनियोजित करिब ८ लाख ८२ हजार रुपैयाँ बराबरको आर्थिक सहयोगमा उक्त मोटरबाटो निर्माण सम्पन्न गरिएको हो ।
मोटरबाटो सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन्। सडक अभावका कारण लामो समयदेखि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयले अब सहज यात्रा गर्न पाउने भएका छन्।
त्यसैगरी, काभ्रेको उच्च स्थानमा रहेको धार्मिक स्थल नारायणस्थान महादेव मन्दिरमा दर्शन गर्न आउने तराई क्षेत्रका दर्शनार्थीहरूलाई समेत ठूलो राहत पुगेको स्थानीयको भनाइ छ। सडक विस्तारसँगै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।


















