Oplus_16908288

मिलन दोङ तामाङ

क्वालालम्पुर –  मलेसिया अध्यागमन विभाग (JIM) ले विदेशी संलग्न अवैध गतिविधिविरुद्ध “OPS Gegar” नामक विशेष अपरेशन सञ्चालन गरेको छ।यो अपरेशन १९ मे २०२६ दिउँसो ३:३० बजे कुआलालम्पुरको कोताराया, जालान तुन सिउ सिन क्षेत्रमा रहेको चारतले पसल भवनमा सञ्चालन गरिएको हो। अपरेशनमा विभिन्न अधिकारी, विशेष ट्याक्टिकल टोली (PASTAK), गुप्तचर तथा विशेष अपरेशन डिभिजन र कुआलालम्पुर सिटी हल (DBKL) का अधिकारीहरू सहभागी थिए।

 

PASTAK ले एक महिनासम्म संकलन गरेको गुप्त सूचनाका आधारमा टोलीले उक्त स्थानमा छापा मारेको थियो। जाँचका क्रममा २९ जनालाई अनुसन्धानको दायरामा ल्याइएको थियो, जसमा २७ विदेशी र २ स्थानीय नागरिक थिए।

 

अनुसन्धानपछि २४ विदेशी नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ९ इन्डोनेसियाली महिला, ७ बंगलादेशी महिला, ५ बंगलादेशी पुरुष तथा नेपाल, इन्डोनेसिया र म्यानमारका १/१ पुरुष नागरिक रहेका छन्। साथै थप अनुसन्धानका लागि २ स्थानीय पुरुष र ३ बंगलादेशी पुरुषलाई साक्षीका रूपमा समन जारी गरिएको छ।

 

प्रारम्भिक अनुसन्धानअनुसार उक्त गिरोहले विदेशी तथा स्थानीय ग्राहकलाई लक्षित गर्दै अवैध यौन सेवा सञ्चालन गरिरहेको पाइएको छ। भवनको तेस्रो र चौथो तलाबाट सञ्चालित उक्त गतिविधिमा “वन सट” अर्थात् १५ मिनेटको सेवाका लागि RM80 देखि RM120 सम्म शुल्क लिइने गरेको थियो।

 

अपरेशनलाई सहज बनाउन महिलाहरूलाई दुई सिफ्टमा काम गराइन्थ्यो। पहिलो सिफ्ट बिहान १० बजेदेखि राति ८ बजेसम्म र दोस्रो सिफ्ट राति ८ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुने गरेको थियो।

Oplus_16908288

सुरक्षाका लागि गिरोहले विभिन्न उपाय अपनाएको पाइएको छ। भवनभित्रको व्यवस्थापन “क्याप्टेन” भनेर चिनिने एक विदेशीले सम्हाल्ने गरेको थियो भने बाहिरी निगरानी “अबाङ लङ कावासन” नामले चिनिने एक स्थानीय व्यक्तिले गर्ने गरेको अनुसन्धानमा खुलेको छ। उनीहरूले ग्राहकहरूको गतिविधि निगरानी गर्नुका साथै प्रहरीको चालचलन पनि हेरिरहेका थिए।

यसका अतिरिक्त CCTV क्यामेरा जडान गर्नुका साथै सधैं भीडभाड हुने बस स्टेशन नजिक स्थान छनोट गरेर कानुनी निकायको ध्यान अन्यत्र मोड्ने प्रयास गरिएको थियो। तर PASTAK का जोखिम अधिकारीहरूले गिरोहको सुरक्षा प्रणाली भेद्न सफल भई महत्वपूर्ण सूचनाका आधारमा अपरेशन सफल बनाएका हुन्।

Oplus_16908288

छापामार कारबाहीका क्रममा पक्राउ परेका महिलासँग सम्बन्धित “बुक 555”, कन्डम, लुब्रिकेन्ट तेल तथा सुरक्षा निगरानीका लागि प्रयोग गरिएका CCTV सेटहरू बराम

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।