YAB Perdana Menteri, Dato' Seri Anwar Ibrahim semasa acara Wacana Harmoni MADANI sempena Sambutan Hari Wesak di Kuala Lumpur. 23 Mei 2026. SHAHNAZ FAZLIE/Pejabat Perdana Menteri. NO SALES; NO ARCHIVE; RESTRICTED TO EDITORIAL USE ONLY. NOTE TO EDITORS: This handout photos may only be used for editorial reporting purposes for the contemporaneous illustration of events, things or the people in the image or facts mentioned in the caption. Reuse of the pictures may require further permission. MANDATORY CREDIT -

 मिलन दोङ तामाङ

क्वालालम्पुर-मलेसियामा पहिलो पटक बौद्ध समुदायको छाता संस्था Majlis Perundingan Buddhis Malaysia (MPBM) को आयोजनामा मलेसिया सरकारसँगको सहकार्यमा ‘वेसाक सम्मेलन २०२६’ भव्य रूपमा सम्पन्न भएको छ।शनिबार क्वालालम्पुरस्थित Menara KEN TTDI मा आयोजित उक्त सम्मेलनको उद्घाटन मलेसियाका प्रधानमन्त्री अनवर ईब्राहिम को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

YAB Perdana Menteri, Dato’ Seri Anwar Ibrahim semasa acara Wacana Harmoni MADANI sempena Sambutan Hari Wesak di Kuala Lumpur. 23 Mei 2026. SHAHNAZ FAZLIE/Pejabat Perdana Menteri.
NO SALES; NO ARCHIVE; RESTRICTED TO EDITORIAL USE ONLY. NOTE TO EDITORS: This handout photos may only be used for editorial reporting purposes for the contemporaneous illustration of events, things or the people in the image or facts mentioned in the caption. Reuse of the pictures may require further permission. MANDATORY CREDIT –

सम्मेलनमा बौद्ध धर्मको विविधता तथा विभिन्न समुदायका सांस्कृतिक परम्परा र पहिरनलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो। विभिन्न जातीय तथा धार्मिक समुदायका प्रतिनिधिहरू आफ्नो परम्परागत पोशाकमा सहभागी भई “विविधताभित्रको एकता” को सन्देश दिएका थिए।

कार्यक्रममा एनआरएनए मलेसियाको अध्यक्षमा ईन्द्र नारायण लिम्बू, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्ष पदम राज लिम्बू, नेपाल तामाङ घेदुङ मलेसियाको अध्यक्ष विक्रम वाईबा तामाङ लगायत अन्य नेपाली समुदायका व्यक्तित्वहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो। यस सम्मेलनलाई बहुसांस्कृतिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सशक्त उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

 

प्रधानमन्त्री अनवर इब्राहिमले आफ्नो सम्बोधनमा मलेसियामा जातीय तथा धार्मिक सद्भाव कायम राख्न सबै समुदायबीच सम्मान, प्रेम र सहकार्य आवश्यक रहेको बताएका थिए। उनले घृणा र विभाजनको राजनीति त्यागेर शान्ति, सहिष्णुता र मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

आयोजक MPBM का अनुसार, यो सम्मेलनले मलेसियामा रहेका विभिन्न बौद्ध समुदाय तथा अन्तरधार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिइएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।