काठमाडौं । गायक अजय डो दोङ गायिका लामु शेर्पाको स्वरमा रहेको नयाँ गीत ‘चुरे पहाड’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ग्रामीण परिवेश, प्राकृतिक सौन्दर्य र युवायुवतीको भावनात्मक सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस गीतले दर्शक तथा श्रोताको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

गीतमा मिस तामाङ  रिया लामाको शब्द रहेको छ भने सुसन लामा रोराङको संगीत तथा संगीत संयोजन रहेको छ। गीतको रेकर्डिङ तथा मिक्सिङ सुमन खड्काले गरेका हुन् भने रेशम लामाले मास्टरिङको जिम्मेवारी सम्हालेका छन्।

भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रतीक ङेस्युरले गरेका छन्। भिडियोमा पहाडी परिवेश, स्थानीय संस्कृति र प्राकृतिक दृश्यहरूलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। छायांकन बिनोद याक्खाले गरेका हुन् भने सहायक छायांकन आइता जिम्बेले गरेका छन्। भिडियो सम्पादनसमेत बिनोद याक्खाले गरेका छन्।

‘चुरे पहाड’ प्रेम, सम्झना र पहाडी जीवनको सौन्दर्यलाई केन्द्रमा राखेर तयार पारिएको गीत हो। भिडियोमा देखाइएको रमणीय पहाडी दृश्य, कलाकारहरूको स्वाभाविक अभिनय तथा मधुर संगीतले गीतलाई थप आकर्षक बनाएको छ।

तामाङ तथा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय अजय डोङको यो नयाँ प्रस्तुति दर्शक–श्रोतामाझ रुचाइने विश्वास गरिएको छ। सार्वजनिक भएसँगै ‘चुरे पहाड’ ले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ र पहाडी भूगोल तथा संस्कृतिप्रतिको आत्मीयतालाई संगीतमार्फत उजागर गरेको छ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।