धुलिखेल- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित बीपी राजमार्गको बुचाकोट, सेल्फी डाँडामा शुक्रवार दिउँसो भएको बस दुर्घटनामा मृत्यु भएका सबै ८ जनाकै सनाखत भएको छ। बनेपाबाट रोशीको सुँगुरे जाँदै गरेको बा३ख ८३९८ नम्बरको यात्रुवाहक बस सडकबाट करिब ३०० मिटर तल खस्दा उक्त दुर्घटना भएको हो।

यी हुन् मृतकहरूको विवरण:

१. जिल्ला काभ्रे रोशी गा.पा. ६ बस्ने बर्ष ७३ को मेघ बहादुर तामाङ ।

२. ऐ. रोशी गा.पा. ७ बस्ने बर्ष ३४ की फुलमाया तामाङ ।

३. ऐ. ६ बस्ने बर्ष ७५ को इन्द्र बहादुर तामाङ ।

४. ऐ.ऐ. ८ बस्ने बर्ष ६० की प्यारी माया तामाङ ।
५. जिल्ला दैलेख बस्ने बर्ष ३० को बम बहादुर भण्डारी (त्रिनेत्र दल गण भकुण्डेबेशीमा कार्यरत नेपाली सेनाको अमलदार रहेको) ।

६. जिल्ला सिन्धुली घ्याङलेक गा.पा. ४ बस्ने बर्ष २२ की सुमि तामाङ । (पहिचान गर्ने मृतकको श्रीमान निराजन घिसिङ )

७. जिल्ला काभ्रे रोशी गा.पा. ६ बस्ने बर्ष ५५ को राजु तामाङ ।

८. जिल्ला काभ्रे रोशी गा.पा. ७ बस्ने बर्ष ६० की माया तामाङ ।

यी हुन् घाइते विवरण

१. जिल्ला काभ्रे रोशी गा.पा. ८ बस्ने बर्ष २२ की एनिशा तामाङ हात खुट्टामा चोट, अवस्था मध्यम

२. ऐ. रोशी गा.पा. ६ बस्ने बर्ष २० की बिष्णु डोल्मो तामाङ, निधार,नाक,र पेटमा चोट, अवस्था मध्यम

३. ऐ.ऐ. बस्ने बर्ष ६० को धन बहादुर तामाङ, टाउको अनुहरमा चोट, अवस्था मध्यम ।

४. ऐ.ऐ. बस्ने बर्ष ३० को चन्द्र तामाङ, निधार,हात खुट्टामा चोट, मध्यम ।

५. ऐ.ऐ. बस्ने बर्ष १८ की रमिता वाइवा, अनुहार र देब्रे खुट्टामा चोट, मध्यम ।

६. ऐ.ऐ. बस्ने बर्ष ४० को मनब तामाङ, टाउको, अनुहार र ढाडमा चोट, मध्यम ।

७. ऐ.ऐ. रोशी गा.पा. ७ बस्ने बर्ष ६० को डम्बर बहादुर शाह,टाउको, दाहिने हात र खुट्टामा चोट गम्भीर ।

८. ऐ.ऐ. रोशी गा.पा. ८ बस्ने बर्ष ४३ को कृष्ण बहादुर तामाङ, टाउको, मुख र दाहिने कोखामा चोट, मध्यम ।

९. जिल्ला बर्दिया बाह्र बर्दिया न.पा. १२ बस्ने बर्ष २५ को सुरेश बहादुर बादी, निधार,दाहिने खुट्टामा चोट, मध्यम ।

१०. जिल्ला काभ्रे बनेपा न.पा. ३ बस्ने बर्ष ३४ को घोया सिंह तामाङ, दाहिने खुट्टा फ्याक्चर, दाहिने हातमा चोट, मध्यम । (चालक)

११. ऐ. जिल्ला रोशी गा.पा. २ बस्ने बर्ष ६२ की बिष्णुमाया लामा, टाउकोमा चोट, मध्यम ।

१२. ऐ. जिल्ला तेमाल गा.पा. ८ बस्ने बर्ष ४३ को मनुराज तामाङ, टाउको,गर्दन, छातिमा चोट, मध्यम ।

१३ जिल्ला काभ्रे रोशी गा.पा. ६ बस्ने बिबि माया तामाङको छोरा बर्ष ४ को सुबाश तामाङ, देब्रे खुट्टामा चोट, मध्यम ।

१४. जिल्ला काभ्रे रोशी गा.पा. ६ बस्ने बस्ने मृतक सुमि लामाको छोरा १८ महिनाको उग्रेन लामा टाउकोमा चोट, मध्यम ।

१५. ऐ.ऐ. बस्ने बर्ष ७७ को सार्कीमान लामा टाउको र छातिमा चोट, गम्भिर ।

१६. जिल्ला काभ्रे रोशी गा.पा. ६ बस्ने बर्ष २२ की बिबिमाया तामाङ टाउकोमा,शरिरको बिभिन्न भागमा चोट, अवस्था गम्भिर ।

तीव्र गति वा यान्त्रिक गडबडी के कारणले बस सडकबाट तल खसेको हो भन्नेबारे जिल्ला प्रहरी कार्यालय काभ्रेले थप अनुसन्धान गरिरहेको जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।