काठमाडौं। तामाङ सांगीतिक क्षेत्रमा नयाँ उत्साह थप्ने उद्देश्यका साथ तयार गरिएको नयाँ तामाङ सेलो गीत ‘रोशी त खोला’ काठमाडौंको बौद्धस्थित सेकुवा जक्सनमा आयोजित विशेष कार्यक्रमबीच भव्य रूपमा सार्वजनिक गरिएको छ।

गीतकार विजय तामाङको प्रस्तुति रहेको उक्त गीतमा प्रयास दोङ र लक्ष्मी स्याङतानको सुमधुर स्वर रहेको छ। गीतका शब्द विजय तामाङले लेखेका हुन् भने संगीत, एरेन्जरको जिम्मेवारी गायक  प्रयास दोङले सम्हालेका छन्। गीतको रेकर्डिङ मिन्सेङ रेकर्डिङ स्टुडियोमा सम्पन्न गरिएको हो।

गीतको आधिकारिक म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी अभि लामाले गरेका छन्। भिडियोमा तामाङ चलचित्रका महानायक अमिर दोङअभि लामाअनिता गोले र राधिका तामाङको सशक्त अभिनय रहेको छ।

भिडियोको  छायांकन जेनिश तामाङले गरेका हुन् भने सम्पादन तथा कलर सूर्य लामाले गरेका छन्। सहायक कोरियोग्राफी विकास अर्याल र सरोज कुँवरले गरेका छन्। पोस्ट–प्रोडक्सनको सम्पूर्ण कार्य आन्भी प्रोडक्सनले सम्पन्न गरेको हो।

गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा नोर मान तामाङ, विशिष्ट अतिथि दिपक दोर्जे लामा तथा राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय सदस्य कान्छा तामाङ (विकास व्लोन)को विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सभाध्यक्षता सोनु लामाले गर्नुभएको थियो भने सञ्चालन सञ्चारकर्मी तथा समाजसेवी सुदिन दोङले गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूले तामाङ भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता मौलिक गीत–संगीतले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। गीतले तामाङ समुदायको मौलिक संस्कृति, रहनसहन र जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गरेको भन्दै यसको सफलताको शुभकामना समेत व्यक्त गरिएको थियो।

उत्कृष्ट शब्द, मिठो संगीत, आकर्षक अभिनय र उच्चस्तरीय निर्माणका कारण ‘रोशी त खोला’ तामाङ सेलो पारखीमाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ।

यस गीतको म्युजिक भिडियो गायक तथ संगीतकार प्रयास दोङको अफिसियल च्यानलबाट हेर्ने सकिनेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।