तेमाल- काभ्रे जिल्लाको तेमाल गाउँपालिका र श्री त्रिनेत्रदल गण भकुण्डेबेँसीको संयुक्त आयोजनामा विपद् रोकथाम तथा युवा परिचालन सम्बन्धी एक विशेष कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक चन्द्रबहादुर तामाङको सभापतित्वमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दलमान थोकर, प्रमुख प्रशासकीय अधिकृत श्री योगेन्द्र राज गुरुङ्ग (सेबक), र त्रिनेत्रदल गण भकुण्डे ब्यारेकका प्रमुख राममणी सापकोटाको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी, कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरू, स्वास्थ्य संस्था तथा एकाइका इन्चार्ज एवं स्वास्थ्यकर्मीहरू, र सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो।
विपद् व्यवस्थापनका लागि युवाहरूको भूमिकालाई केन्द्रमा राख्दै आयोजना गरिएको यस कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका युवा तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा त्रिनेत्रदल गणका प्रमुख सेनानी सापकोटाद्वारा सैद्धान्तिक र सैन्य प्रतिनिधिहरूद्वारा प्रयोगात्मक (प्र्याक्टिकल) रूपमा प्रशिक्षण सञ्चालन गरिएको थियो।
यस प्रशिक्षणले सहभागीहरूलाई विपद् आउनु अगाडि अपनाउनुपर्ने पूर्वतयारी र विपद् आइसकेपछि गर्न सकिने उद्धार तथा व्यवस्थापनका कार्यहरूका बारेमा महत्वपूर्ण व्यावहारिक ज्ञान प्रदान गरेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















