काठमाडौं। Mr. Tamang 2024 का विजेता अतित लामाले अभिनय क्षेत्रमा औपचारिक प्रवेश गरेको तामाङ सेलो गीत ‘काभ्रेली सम्धीको पारा..’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलन तथा सार्वजनिक कार्यक्रमका बीच उक्त भिडियो शुक्रबार सार्वजनिक गरिएको हो।

कार्यक्रममा मम्स् इन्टरनेसनल नेपालकी अध्यक्ष तथा नायिका रञ्जिता ब्लोन तामाङ प्रमुख अतिथिका रूपमा सहभागी थिए।

सार्वजनिक गरिएको गीतमा सूर्य लामाको शब्द, आर.बी. लामाको संगीत तथा स्वर संयोजन रहेको छ। गीतमा कार्साङ लामा र सुमिना लोको सुमधुर स्वर सुन्न सकिन्छ। गीतको एरेन्ज तथा मिक्सिङ पनि कार्साङ लामाले नै गर्नुभएको हो भने रेकर्डिङ परिजात स्टुडियोमा गरिएको छ।

म्युजिक भिडियोमा Mr. Tamang 2024 का विजेता अतित लामाले अभिनय क्षेत्रमा पहिलोपटक आफ्नो क्षमता प्रस्तुत गरेका छन्। भिडियोमा याङ्गी दोङको आकर्षक अभिनय रहेको छ भने तामाङ चलचित्र क्षेत्रका महानायक अमिर दोङको विशेष उपस्थिति रहेको छ। कलाकारहरूको प्रस्तुति, कथा र दृश्य संयोजनले दर्शकमाझ विशेष उत्सुकता जगाउने विश्वास गरिएको छ।

भिडियोलाई आयुष तामाङले निर्देशन गरेका हुन्। छायांकन नविन श्रेष्ठ र कुशल बाखातीले गरेका छन् भने नृत्य निर्देशन निमा जिम्बाले सम्हालेका छन्।

कार्यक्रममा उपस्थित अतिथिहरूले अतित लामाको अभिनय यात्राको सफलताको शुभकामना व्यक्त गर्दै तामाङ म्युजिक भिडियो क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका थिए। साथै, ‘काभ्रेली सम्धीको पारा..’ गीतले तामाङ संगीतप्रेमी मात्र नभई आम दर्शक–श्रोताको पनि मन जित्ने अपेक्षा गरिएको छ।

यस् म्युजिक भिडियो डम्फू मिडिया हाउसको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।