काठमाडौं । तामाङ सांगीतिक क्षेत्रमा उदयका  युवा गायक प्रकाश वाइबा र चर्चित गायिका जितु लोप्चनको स्वरमा सजिएको नयाँ आधुनिक प्रेमगीत ‘सयौं जुनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रकाश वाइबाको प्रस्तुति रहेको गीतमा कुमार स्याङ्बा तामाङको शब्द, सम्तेन मोक्तानको संगीत तथा कार्साङ लामाको संगीत संयोजन रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ पनि कार्साङ लामाले गरेका हुन्।

म्युजिक भिडियोमा सरोज लामा र सिर्जना घिसिङको मुख्य अभिनय रहेको छ। उनीहरूको प्रेमिल अभिनयले गीतको भावलाई प्रभावशाली रूपमा प्रस्तुत गरेको छ। भिडियोको कथा, निर्देशन तथा कोरियोग्राफी आशिष लामाले गरेका छन्।

भिडियोको छायांकन दुर्गा श्रेष्ठ, ड्रोन छायांकन रोनिश तामाङ, सम्पादन तथा कलर सपना लाम्साल र पोस्टर डिजाइन अनिल बिष्ट प्युठानीले गरेका हुन्। रेकर्डिङ पारिजात नेपाल स्टुडियोमा गरिएको हो।

प्रेम, विश्वास र जीवनभरको साथको भावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको ‘सयौं जुनी’ म्युजिक भिडियोले उत्कृष्ट दृश्य, आकर्षक अभिनय र मधुर संगीतका कारण दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।
उक्त म्युजिक भिडियो  गायक प्रकाश वाइवाको अफिसियल युट्युबमार्फत सार्वजनिक भएको छ।

भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।