दमक । रोटरी क्लब अफ दमकले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दमक टाउन न्युजका संचालक पत्रकार डिकेन्द्र बस्नेतलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ।
क्लबको १५औँ पदस्थापन समारोहका अवसरमा आयोजित एक कार्यक्रमको बिच बस्नेतलाई छैठौं उषा चापागाईं फाउन्डेसन–रोटरी दमक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। सम्मानस्वरूप उनलाई दोसल्ला, फुलमाला, खादा, सम्मानपत्र तथा नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















