काठमाडौं। गायक तथा सर्जक साम्तेन मोक्तानको नयाँ म्युजिक भिडियो ‘तिम्रै याद’ सार्वजनिक भएको छ। प्रेम, बिछोड र सम्झनाका भावलाई मार्मिक ढंगले प्रस्तुत गरिएको यस गीतले सार्वजनिक भएसँगै संगीतप्रेमी दर्शकको ध्यान आकर्षित गर्न थालेको छ।
प्रकृति रञ्जितकारको प्रस्तुति रहेको गीतमा साम्तेन मोक्तानको शब्द, संगीत रहेको छ। भने साम्तेन मोक्तान र सुमिना लोको स्वर रहेका छन् ।
गीतलाई कार्साङ लामाले संगीत संयोजन गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ पनि उनैले गरेका हुन्।
भिडियोमा अजय रञ्जित र अम्बिका तामाङको सशक्त अभिनय देख्न सकिन्छ। प्रेममा आउने मिठा अनुभूति, बिछोडको पीडा र प्रिय व्यक्तिको सम्झनाले सिर्जना गर्ने भावनात्मक अवस्थालाई कलाकारहरूले जीवन्त रूपमा प्रस्तुत गरेका छन्।
भिडियोमा अतिथिहरु कलाकारमा तामाङ चलचित्रको खलनायक एवम् हास्य कलाकार कुइसाङ रुम्वा पाल्देन लामा र छिरिङ लामा लगायतका कलाकारहरुले पनि भुमिका निर्वाह गरिएको छ।
पाल्देन लामाको कथा तथा निर्देशन रहेको भिडियोमा दुर्गा श्रेष्ठको छायांकन, जल राप्ती डिजिटल म्युजिक प्रालिको सम्पादन तथा अनिल बिष्ट प्युठानीको पोस्टर डिजाइन रहेको छ। मेकअप कलाकारका रूपमा संगीता आछामीले काम गरेकी छन्।
संगीत, अभिनय, छायांकन र निर्देशनको सन्तुलित संयोजनले **‘तिम्रै याद’**लाई भावनात्मक म्युजिक भिडियोका रूपमा स्थापित गरेको छ।गायक तथा संगीतकार साम्तेन मोक्तानको अफिसियल च्यानलबाट सार्वजनिक भएसँगै भिडियोले युट्युब र सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।
भिडियो हेर्नुस्




















