भुम्लु- काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा विद्युतको पोलबाट करेन्ट लागेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

भुम्लु गाउँपालिका-८ डाँडाथोक तल्लोटारस्थित बाटोमा विद्युत्को पोल अड्याउन राखिएको स्टे वायर (स्याण्ड) नजिकै हिँडिरहेको अवस्थामा करेन्ट लाग्दा स्थानीय ४५ वर्षीया देवी उप्रेतीको ज्यान गएको हो । मृतक उप्रेती भुम्लु गाउँपालिका-७ बस्ने विनोदनाथ उप्रेतीकी श्रीमती हुन्।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी दोलालघाटबाट खटिएको टोलीले घटनास्थललाई सुरक्षित राखेको थियो। घटनाको थप अनुसन्धान तथा मुचुल्का तयार पार्नका लागि प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षकको कमाण्डमा सोको (SOCO) टोलीसहितको टोली परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।