काठमाडौँ- भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुर लगायतका जिल्लामा भएको अकल्पनीय मानवीय एवं भौतिक क्षतिको समीक्षा गर्दै नेपाली कम्युनिस्ट पार्टीले १० बुँदे निर्णय गरेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बुधबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य संयोजन समितिको आकस्मिक बैठकले खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन १० बुँदे निर्णय पारित गरेको हो।
साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको सम्पूर्ण उपचार निःशुल्क र प्रभावकारी रूपमा गर्न सरकारसँग माग गरेको छ।
गङ्गालाल तुलाधरको नेतृत्वमा समन्वय समिति गठन बाढी प्रभावित क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गर्न र पार्टी पङ्क्ति तथा स्वयंसेवक परिचालन गर्न पार्टीले केन्द्रीय कार्य संयोजन समिति सदस्य एवं बागमती प्रदेश इन्चार्ज गङ्गालाल तुलाधरको संयोजकत्वमा ‘केन्द्रीय खोज उद्धार राहत समन्वय समिति’ गठन गरेको छ।
उक्त समितिमा उपत्यका विशेष र सङ्घीय सम्पर्क समन्वय समितिका इन्चार्ज र संयोजकहरू, बागमती प्रदेश समिति संयोजक, प्रभावित जिल्लाहरू (रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र नवलपुर) का इन्चार्ज तथा संयोजकहरू, विपद् व्यवस्थापन, स्वास्थ्य, जन–स्वयंसेवा विभागका प्रमुखहरू तथा महिला, युवा र विद्यार्थी सङ्गठनका प्रमुखहरू रहेका छन्।
बैठकले बाढीमा बेपत्ता भएका नागरिकहरूको जीवन रक्षाका लागि सम्पूर्ण जनशक्ति, संयन्त्र र साधन स्रोत परिचालन गरी खोजी कार्य तीव्र बनाउन तीनै तहका सरकार, सुरक्षा निकाय तथा नागरिक समाजसँग अपिल गरेको छ।
विस्थापितहरूका लागि तत्काल अस्थायी बसोबास, आधारभूत राहत, पुनर्स्थापना र मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन माग गरिएको छ। साथै, प्रभावित क्षेत्रमा अवरुद्ध भएका स्वास्थ्य, खानेपानी, बिजुली, यातायात, सञ्चार लगायतका अत्यावश्यक सेवाहरू तत्काल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
उत्तरी सीमा क्षेत्रमा ग्लेसियर पग्लिने र हिमताल फुट्ने जोखिमबाट जनधनको दीर्घकालीन सुरक्षाका लागि नेपाल र चीनबिचको द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउन तथा आवश्यक पूर्व तयारीका लागि छिमेकी राष्ट्र चीनसँग कूटनीतिक पहल अघि बढाउन बैठकले नेपाल सरकारलाई आग्रह गरेको छ।
भोटेकोसी, त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा अझै बाढीको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गर्दै नेकपाले आफ्ना सम्पूर्ण नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा जनवर्गीय सङ्गठनहरूलाई विपद् प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा खटिन विशेष निर्देशन दिएको छ।
यी हुन् १० बुँदे निर्णयः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















