तेमाल- रसुवा र नुवाकोट क्षेत्रमा आएको भीषण बाढीका कारण तेमाल गाउँपालिकाबाट गोसाइँकुण्ड तथा आसपासका क्षेत्रमा पुगेका नागरिकहरू सम्पर्कविहीन भएको खबरले आफूहरू स्तब्ध बनेको तेमाल गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष हजार सिं लामा (तामाङ) ले बताएका छन् ।

बाढी प्रभावित क्षेत्र तथा गोसाइँकुण्ड र आसपासका इलाकामा काभ्रे जिल्ला एवं तेमाल गाउँपालिकाबाट पुगेर कोही आपतविपतमा पर्नुभएको भए तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ। वडा कार्यालय तथा स्थानीय जनप्रतिनिधिहरू उद्धार र आपातकालीन सहयोगका लागि तयारी अवस्थामा रहेको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आव्हान गरिएका छन्।

आपतकालीन सहयोग वा उद्धारका लागि आफ्नो सम्पर्क नम्बर: ९८४१४५३०३१ मा सम्पर्क गर्न उनले अनुरोध गरेका छन्  । यसैबीच रसुवामा आएको बाढीका कारण काभ्रेको तेमाल गाउँपालिका–७ कुरुवासका बिशाल तामाङ सम्पर्क विहीन रहेको पारिवारिक स्रोतले जनाएको छ । डोजर अपरेटरको रुपमा काम गर्दै आएका उनी बिहान ७ बजेदेखि परिवारको सम्पर्कमा नरहेको जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।