बनेपा- निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा ८औँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा अकुर प्रसाद गौतम निर्वाचित भएका छन्। निर्वाचन समितिले आज  दिउँसो घोषणा गरेको आधिकारिक परिणामअनुसार नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो।

संघको वरिष्ठ उपाध्यक्षमा अमित लामा, प्रथम उपाध्यक्षमा विष्णुहरी जोशी र द्वितीय उपाध्यक्षमा डोमा सिं लामा निर्वाचित भएका छन्। त्यसैगरी महासचिव पदमा प्रदिप गौतम, नीतिगत उपमहासचिवमा दभै सिं लामा (डि एस) र आन्तरिक उपमहासचिवमा कृष्ण लामा चयन भएका छन्। संघको कोषाध्यक्ष पदमा सुरेश लामा र सह-कोषाध्यक्षमा पाल्देन लामा निर्वाचित भएका छन्।

खुल्ला सदस्यहरूतर्फ नवीन थापा, फेमस घिसिङ, ठाकुर प्रसाद गौतम, सुकलाल तामाङ, विपिन दुलाल, साइला लामा, प्रदिप लामा (तेमाल), गणेश बहादुर कालिदास र हिरा कुमार बल निर्वाचित भएका छन्। यस्तै महिला खुल्ला सदस्य पदमा कृष्ण माया लामा निर्वाचित भएकी छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।