काभ्रे । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ को सभापति पदमा महेश कुमार कर्माचार्यले उम्मेदवारी घोषणा गरेका छन्।

कर्माचार्यले एक विज्ञप्तिमार्फत साथीहरूको अनुरोध, साथ र शुभेच्छाका आधारमा क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन्। उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न वडा अधिवेशनबाट निर्वाचित पदाधिकारी, क्षेत्रीय प्रतिनिधि तथा सम्पूर्ण पार्टीका साथीहरूलाई न्यानो अभिवादनसमेत व्यक्त गरेका छन्।

विगत २५ वर्षदेखि नेपाली कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर पार्टी र पार्टी सदस्यको हितमा काम गर्दै आएको उल्लेख गर्दै कर्माचार्यले आगामी दिनमा पनि पार्टीको जिम्मेवारीलाई सेवाको रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि पार्टीका साथीहरूको आग्रह र विश्वासका रूपमा लिएको बताएका छन्। पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ता तथा सदस्यको हितमा काम गर्ने आफ्नो प्रतिबद्धता रहेको उनको भनाइ छ।

कर्माचार्यले विगतमा झैँ आगामी दिनमा पनि पार्टीको जिम्मेवारीलाई इमानदारीपूर्वक सेवाका रूपमा निर्वाह गर्ने अवसर प्रदान गर्न क्षेत्रीय प्रतिनिधि तथा पार्टीका सम्पूर्ण साथीहरूसँग आग्रह गरेका छन्।

आफूलाई पार्टीका साथीहरूको साथ, सहयोग, शुभेच्छा र प्रेरणाको आवश्यकता रहेको बताउँदै उनले आगामी महाधिवेशन अभियानमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

“पार्टीको जिम्मेवारीलाई सेवाको रूपमा काम गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,” कर्माचार्यले भनेका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।