धुलिखेल- काभ्रेको रोशी गाउँपालिका–७ चारसयवेशी र वडा नं. ८ गिम्दीवेशीस्थित बीपी राजमार्गमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान करिब ४ः३० बजे सडक माथिबाट पहिरो खसेपछि राजमार्गको दुवैतर्फको यातायात आवागमन पूर्ण रूपमा बन्द भएको हो।
पहिरोका कारण सडकमा सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउने तथा पहिरो हटाउने सम्बन्धमा थप विवरण प्राप्त हुन बाँकी रहेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















