धुलिखेल-  काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकामा खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ।

आज (असोज १० गते) बिहान करिब ९:०० बजेको समयमा धुलिखेल नगरपालिका वडा नं. ९ ठुलीटार बस्ने अन्दाजी ५७ वर्षीय हिरालाल गौतमलाई सोही वडाको कल्छेस्थित डाँफेखोलाले बगाएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ खोजी कार्य गर्दा, घटनास्थलभन्दा करिब १.५ किलोमिटर तल वडा नं. ११ स्थित डाँफेखोलाको बगरको छेउमा उनको शव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।