भकुण्डेबेशी- नमोबुद्ध नगरपालिकाले जिल्लामै पहिलो पटक सामुदायिक विद्यालयहरूमा स्थायी प्रधानाध्यापक नियुक्ति गरेको छ । शिक्षा नियमावली, २०८३ तथा नमोबुद्ध नगरपालिकाको प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८३ बमोजिम नगरपालिकाभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयहरूमा स्थायी प्रधानाध्यापक पदका लागि योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर तामाङका अनुसार विद्यालय विकास प्रस्ताव मूल्याङ्कन, प्रस्तुतीकरण, सूचना प्रविधिप्रतिको व्यावहारिक ज्ञानको परीक्षण र अन्तर्वार्ता लगायत विभिन्न छनोट मापदण्ड तथा आधारहरूको कदर गर्दै उम्मेदवारहरूको छनोट गरिएको हो ।

नगरका विभिन्न वडामा रहेका आधारभूत र माध्यमिक विद्यालयहरूमा नेतृत्व सम्हाल्नका लागि योग्य शिक्षक तथा कर्मचारीहरूलाई सिफारिस गरिएको शाखा प्रमुख तामाङले जानकारी दिँदै छनोट भएका उम्मेदवारहरूले प्रचलित ऐन तथा कानुन बमोजिम कार्यसम्पादन करार सम्झौता गरी स्थायी प्रधानाध्यापक पदमा नियुक्तिका लागि नमोबुद्ध नगरपालिकाको नगर शिक्षा समिति तथा कार्यपालिका समक्ष पेस हुने निर्णय भएको बताए ।

 जिल्लामै पहिलो पटक यसप्रकारको प्रणालीगत र विधिवत रूपमा स्थायी प्रधानाध्यापक छनोट गरी सिफारिस गरिएको यस कदमले स्थानीय सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र शैक्षिक सुशासन कायम गर्न ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । 

यस्तो छ सिफारिस विवरण

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।