बनेपा- मिलेनियम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनेपा–८, काभ्रेको १६औँ वार्षिक साधारणसभा असोज २६ र २७ गते सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष कृष्णकुमार भण्डारीको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका प्रमुख सल्लाहकार मुन्यश्वर कायस्थ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। सभाको सञ्चालन सुनिता तिमल्सिनाले गर्नुभएको थियो। सभामा संस्थाकी सचिव सुनिता तिमल्सिनाले वार्षिक गतिविधिसम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष कान्छामान लामा तामाङले आर्थिक प्रतिवेदन र लेखा संयोजक मनिष कायस्थले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

अध्यक्ष भण्डारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो।

सभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्थाले ४ करोड रुपैयाँ निक्षेप संकलन गरेको, ४ करोड २५ लाख रुपैयाँ ऋण लगानी गरेको र ५५ लाख रुपैयाँ शेयर पुँजी संकलन गरेको जानकारी दिइयो। साथै, सहकारीमा ५ करोड रुपैयाँ पुँजी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। साधारणसभाका अवसरमा उत्कृष्ट बाल बचतकर्तालाई सम्मानसमेत गरिएको थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।