काभ्रेपलाञ्चोक- नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा तीर्थ लामा बिजयी भएका छन् । लामा आदिवासी जनजाति तर्फबाट फराकिलो मतान्तरसहित बिजयी भएका हुन्। नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका लामाले ४८५७ मत ल्याएका छन् ।
कुल ७ हजार मत खसेकोमा लामाले प्राप्त गरेको मत ७० प्रतिशत हो। २०६४ मा क्षेत्रीय उपसभापतिबाट सांगठनिक यात्रा थालेका उनी १२औँ र १३औँ महाधिवेशनमा लगातार दुई कार्यकाल काभ्रेपलाञ्चोक क्षेत्र नं. १ को क्षेत्रीय सभापति चुनिएका थिए।
नेपाल तामाङ संघको केन्द्रीय सदस्य (२०६८-२०७१) रही जनजाति आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी १४औँ महाधिवेशनबाट काभ्रेपलाञ्चोक कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।
लामाले प्रदेश सभा सदस्य बनेपछि उनले वि.सं. २०७९ चैतदेखि २०८० फागुनसम्म बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए ।
केन्द्रिय सदस्य बिजयी लामाले संविधान सभा मार्फत नेपालको नयाँ संविधान निर्माणमा प्रत्यक्ष योगदान पुर्याएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















