बौद्ध । नेपाली गीत संगीत क्षेत्रलाई मध्यनजर गरि सगु प्रोडक्सन हाउसको बुधबार एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।

नेपाल तामाङ कलाकार संघको अध्यक्ष सन्जिव वाइबाले उक्त हाउसको उद्घाटन गरेका हुन् । । कार्यक्रममा सगु प्रोडक्सनको पहिलो प्रस्तुति गणेश अधिकारी र निमा मोक्तानको निर्माणमा रहेको ‘दोलखा फेदा’ गितको म्युजिक भिडियो समेत सार्वजनिक गरेको छ ।

कार्यक्रममा बिशेष अतिथि तामाङ पत्रकार संघको केन्द्रीय अध्यक्ष विष्णु मोक्तान र अन्य अतिथिहरु संगीत एरेन्जर दिपेश प्रधान, चर्चित संगीतकार तथा गायक विश्व दोङ, बिशाल काल्तान, निर्देशक तथा नायक अमिर दोङ, नेत्र वाईवा, रोशन फ्युवा सुर्य लामा,,जितु शुक्र दोङ, कर्म लामा, अविषेक तामाङ, जगत घिसिङ, नायक ऋतुराज पाख्रिन, सागर घिसिङ खेम मोक्तान लगाएतका रहेका थिए ।

सगु प्रोडक्सन हाउसमा गीत रेकर्डिङ, संगीत सिक्ने र नृत्यनाटक समेत एक्कै ठाउँमा सिकाइने हाउसले जानकारी दिएको छ । कार्यक्रम सञ्चालिका डोमा लामाले सञ्चालन गरिकी थिइन भने सभापति सोनी रुम्वा (अधिकारी) थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।