दुध लाेप्चन
दक्षिण काेरिया– तामाङ कथानक चलचित्र ‘सेम ताबा म्ही’ प्रदर्शन सम्पन्न भएको छ । कार्यक्रममा चलचित्र निर्देशक तथा कबि राज कुमार माेक्तान ‘म र मेरो देश’ कबिता संग्रह पनि विमोचन गरेकाे छ ।
नेपाल तामाङ संघ, दक्षिण कोरियाद्धारा पहिलो पटक आयोजित तामाङ कथानक चलचित्र प्रदर्शन अाइतबार मेशनदोङ कम्युनिटी सेन्टर सुवानमा काेरियाका लागि नेपाली राजदुत अर्जुनजंग बहादुर सिहंकाे प्रमुख अातिथ्यमा सम्पन्न भएकाे हाे ।
कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ कोरियाका उपाध्यक्ष बाबुलाल मोक्तान, जनजाति महासंघका निवर्तमान अध्यक्ष चित्र बहादुर मोक्तान, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष सुन्दरदिप आङदम्बे, मगर संघका संरक्षक अप्त पुन, तमु धिँका सचिव, प्रदेश एकता समाज ३ का सचिव रवि प्रताप घिसिङ, संघीय समाजवादी फोरमका कोषाध्यक्ष विकास योन्जन, रामेछाप सम्पर्क समितीका उपाध्यक्ष टंक गौतम, काभ्रे सम्पर्क समितीका वरिष्ठ उपाध्यक्ष सानू लामा, सोलु सम्पर्क समितीका अध्यक्ष टिआर खलिङ, तामाङ पत्रकार संघका अध्यक्ष सिमा लामा, धादिङ सेवा समाजका अध्यक्ष सन्तोष अधिकारी, फाेनिज काेरियाका सम्पादक गाेकुल थोकर, अनलाइन वेभ टिभीका कार्यक्रम संचालिका रेष्मा राई, तेमाल अनलाइनका संवाददाता दुध बहादुर लोप्चन, शैलुङ अनलाइनका संवाददाता अमिर योन्जन, अन्य संघसंस्थाका प्रतिनिधिहरु लगायत चलचित्रप्रेमी दाजुभाइ तथा दिदिबहिनीहरु उपस्थित भइ कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पारिदिनु भएकोमा नेपाल तामाङ संघका अध्यक्ष मेघप्रसाद वाइबाले अायाेजकका तर्फबाट अभार प्रकट गरेका छन् ।
नेपाल तामाङ संघ, दक्षिण कोरियाले नेपालबाट काेरिया अाउनुभएका चलिचत्रका निर्देशक राज कुमार माेक्तानलाइ कार्यक्रमका प्रमुख अतिथिद्वारा सम्मान पत्रद्वारा सम्मान गरिएकाे छ ।
रामेछाप जिल्लामा अवस्थित शेरपलिङ महायान बौद्ध धर्म अध्ययन केन्द्रमा अध्ययनरत अनाथ, गरीब तथा बिपन्न बालबालिकाहरुको सहयोगार्थ चत्रचित्र प्रदर्शन सम्पन्न भयाे ।

यस अघि चलचित्र अमेरिका, युरोपमा प्रदर्शन गरिसकेका याे चलचित्रले कोरियाकाे प्रदर्शन पनि दर्शकशहरूकाे राम्राे साथ पाएकाे चलचित्र निर्देशक तथा कबि राज कुमार माेक्तानले खुशी तथा धन्यवाद ब्यक्त गरेका छन् ।
भिडियो:
![]()
























