बनेपा । तामाङ गीत संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार कुमार तामाङको नयाँ तामाङ दोहोरी गीत ‘डाप्जोङ गाङला’ बजारमा आइसकेको छ।
ख्याल ठट्टा, माया प्रेम र विदेशी वेदनाको बारेमा चित्रण गरिएको यस गीतको शब्द जनक थोकरले लेखेका हुन् । धेरै वटा गीतको शब्द रचना गरिसेका थोकरले यो गीतमा नितान्त नयाँ ढंगले पस्किन खोजेको छ ।
संगीत गायक तामाङ स्वयंको रहेको छ भने केटीको स्वरमा नव गायिका रोशनी लामाले साथ दिएका छन् । पर्पल स्टुडियो नक्सालमा रेकर्डिङ गरिएको यो गीतलाई सेलो म्युजिक प्रोडुक्सनले बजार व्यवस्थापन गरिएको छ।
भिडियो
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।