दुध लाेप्चन

दक्षिण काेरिया– KHYANG-BU GUYS ले यँही आउँदो सेप्टेम्बर २३ तारिक अर्थात् कोरियन चाड छुसकको पहिलो दिन डान्स पार्टी आयोजना गर्ने भएको छ ।

“छुसक डान्स पार्टी” नाम दिएको उक्त डान्स पार्टीमा कोरियन तथा नेपाली डि.जे. ले संयुक्त रूपमा अङ्ग्रेजी, कोरियन, हिन्दी र नेपाली गीतको माध्यमबाट भरपुर मनोरञ्जन दिने भएको छ। सो डान्स पार्टी कोरियामा नेपालीहरुको ठुलो जमघट हुने शहर किम्हेमा बेलुका ७ बजे देखि बिहान ५ बजे सम्म नन स्टप हुने भएको छ ।

KHYANG-BU GUYS दक्षिण कोरियाको ख्यङ्साङ्नाम्दो र बुसान क्षेत्रमा विभिन्न पेशामा आबद्ध जुझारु युवाहरू मिलेर हालसालै स्थापना भएको समुह हो ।

दक्षिण कोरियामा नेपाली युवाहरू मानसिक तनावका कारण डिप्रेसन हुने समस्या दिनप्रतिदिन बढिरहेको समयमा यसलाई केहि कम गर्नु सकिन्छ कि भन्ने उदेश्यले यो कार्यक्रम आयोजना भएको हो । यो समुहको उद्देश्य प्रवासीभूमि दक्षिण कोरियामा रहेको नेपालीहरुबीच सुख-दुखमा सहकार्य गर्दै प्रवासी जीवन सुखमय र खुसीसाथ बिताइ समाजमा भाइचाराको भावना स्थापना गर्ने अायाृजक पक्षले जानकारी दिए ।

सामाजिक काममा समेत खुलेर सहयोग गर्ने यस समुहले “छुसक डान्स पार्टी” बाट प्राप्त रकम दक्षिण कोरिया तथा नेपालमा समेत सामाजिक कार्यमा उल्लेखनीय काम गर्दै आइरहेको तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसान दक्षिण कोरियाले बुसान/किम्हेमा सन्चालन गर्न लागेको सेल्टरको लागि सहयोग गर्ने जनाएको छ ।

KHYANG-BU GUYES ले गर्नु लागेको यो पहिलो कार्यक्रम हो । जुन कार्यक्रमको उद्देश्य बिशुध्द समाजिक काममा सहयोग गर्ने जानएको छ ।

KHYANG-BU GUYS ले मनोरञ्जनात्मक कार्यक्रम गरेर त्यसबाट प्राप्त मुनाफालाई सामाजिक काममा लगाउने जनाएको छ । उक्त पार्टीमा उपस्थित भइ भरपुर मनोरन्जन गर्दै कार्यक्रम सफल पारि दिनुहुन कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई आयोजकले हार्दिक अनुरोध र सहयोगका लागि अपिल समेत गरेका छन् ।

Comments

comments