दुध लाेप्चन
दक्षिण काेरिया– एमटियुले पुसानमा शैक्षिक तथा अन्तर्क्रिया कार्यक्रम अगष्ट ५ मा गर्ने भएकाे छ । “प्रवासी मजदुरको समस्या समाधान गर्न मजदुरको भूमिका” बिषयक अन्तर्क्रिया पुसान केसीटियुको हलमा हुने भएकाे छ ।
कोरियामा प्रवासी मजदुर स्वयमले प्रवासी मजदुरहरुकै समानता र हक अधिकार प्राप्तिको निम्ति गठन भएको एक मात्र मजदुर संगठन प्रवासी मजदुर संगठन (एमटियु)ले नियमित रुपमा प्रवासी मजदुरसँग सम्बन्धित बिविध बिषयमा शैक्षिक तथा अन्तर्क्रिया कार्यक्रम गर्दै आईरहेको छ ।
काेरियामा रहेका प्रवासी मजदुरहरूलाई मजदुर कानुन, प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुने लागेको नियम कानुन, इपिएस कानुन, प्रवासी मजदुरले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय, थेजिगुम, औधोगिक दुर्घटना र यसको क्षतिपूर्ति लिने प्रक्रिया, न्यूनतम तलब, मजदुर संगठन र यसको गतिविधि, नयाँ खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका, आवास आधार कानुन, कोरियाले बनाउन लागेको इपिएसको मजदुरले बस्न पाउने अवधि सम्बन्धि नियम मजदुरका मुख्य मुद्दाका बिषय हुन् ।

यी मजदुरका विवध मुद्दाका बिषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम अायाेजना गर्न लागिएकाे एमटियुका अध्यक्ष उदय राईले तेमाल अनलाईनलाई जानकारी दिए । कार्यक्रम सबै प्रवासी मजदुरहरुका लागि भएकाेले सम्पूर्ण मजदुरहरूकाे सकृय सहभागीताकाे लागि समेत राईले अपिल गरेका छन् ।
























