काठमाडौं ।  सांगितिक क्षेत्रमा उदयमान विपिन बोम्बजनको ‘हिमाली भेग घुम्नलाई जाँदा’ गीत भिडियो सहित सार्वजनिक भएको छ ।

बोम्जनले यस अघि पनि २।३ वटा गीत अडिओमा ल्याई सकेका छन् । यसलाई पनि चाँडै नै भिडियो मार्फत सार्वजनिक गर्ने बताएको छ ।

हालै सार्वजनिक भएको ‘हिमाली भेग घुम्नलाई जाँदा’ बोलको संगीत र शब्द रचना सन्जय गोलेको रहेको छ भने संगीत संंयोजन बवी राज घाटानिले गरेका थिए । भिडियोमा भने अभिनय भने अहिलेका सेलो जगतमा छुट्टै जोडिको पहिचान बनाउन सफल र व्यस्त मोडल तथा कोरियोग्राफर अभि लामा र अनिता गोले र साथमा सारा तामाङको समेत प्रस्तुति देख्न अनि हेर्न सकिन्छ ।

भिडियोलाई छयांकन, सम्पादन र पोस्ट प्रोडक्सन सुर्य लामा (जिग्मे मिडिया) ले गरेका हुन् ।
जन्म भुमि छोडेर बैदेशिक रोजगारको सिलसिलामा दुवईमा रहँदै आएका सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरी थाङ्पाल गाउँपलिका–५ अन्तर्गत तामाङ बस्ती थङ्पाल गुन्सामा एउटा समान्य परिवरमा जन्मे र हुर्केका बोम्जनले आफ्नो

सांगीतिक क्षेत्रलाई पनि सँगै लाने योजना रहेको उनले बताएका छन् ।
बोम्जन नेपाल कला साहित्य प्रतिस्ठानको सदस्य समेत रहेको छ । भिडियो क्यलनक नेपाल मार्फत सार्वजनिक गरेको हो ।

लौ हेर्नुहोस् भिडियो

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।