इन्द योञ्जन तामाङ
कुवेत । रोजगारीको सिलसिला कुवेतमा रहेका नेपालीहरुको समुहले निर्माण गरेको म्युजिक भिडियो ‘‘गल्ति मेरो थियो होला’ सार्बजनिक गरिएको छ ।

नक्कले गाइजको प्रस्तुतिमा रहेको भिडियो कुवेतमा छायांकन गरिएको हो । राज दोङ र अभियान दोङको आवाज रहेको छ भने अभियानको शब्द रहेको गीतमा राज दोङकै संगीत रहेको छ ।

नक्कले प्रेम स्यांग्तानले निर्देशन गरेको भिडियोमा एउटा केटाले आफ्नो प्रेमिकाले छोडेर जाँदाको पिडा देखाउन खोजिएको छ । नक्कले प्रेमकै छायांकन रहेको भिडियोलाइ बिरेन्द्र भाटले सम्पादन गरेका हुन् ।

भिडियोमा आरोन्स योल्मो,सरु गिरि,बबाल ठकुरी र दिपक राइको अभिनय रहेको छ। कुवेतलाई कर्मथलो मान्दै आइरहेका प्रेमले नेपाली गीत संगीत तथा भिडियोमा आफुलाई सक्रिय राख्दैआइरहेका छन् ।