दुध लाेप्चन
दक्षिण काेरिया– सेलो तथा नेपाली गीत गायक बाबु मोक्तान(बी.एल.)काे दाेस्राे म्यूजिकभिडियाे ‘सोल्टीनी साह्रै मन पर्यो’ सेलो गीतकाे भिडियाे आईतबार युट्युबमार्फत सर्वजनिक गरिएकाे छ ।
एक दशकभन्दा बढी नेपाली गीत संगीतमा सकृया गायक मेक्तानकाे गएको वर्ष “जोमसोम बजार” पहिलो म्युजिकभिडियोले चर्चा पाएपछिको यो दोस्रो म्युजिकभिडियो हो ।
उक्त म्युजिक भिडियोको गीतमा चर्चित गायक बाबु मोक्तानको स्वर, गायक मोक्तान स्वयं र साउथ एसियन स्टार तथा चर्चित गीतकार, गायक, संगीतकार आशुसेन लामाको शब्द, आशुसेन लामाको संगीत, बबीराज घतानीको एरेन्ज र सुमन खड्काको सम्पादन रहेको छ।
म्युजिकभिडियोमा भिमफेदी गाइज कलाकार, केरियेग्राफी, निर्मल लामाकाे निर्देशन र राधा लामाकाे निर्माण रहेकाे छ । यसमा पवन सुस्लिङकाे छयाङ्कन र सम्पादनमा, निर्मल लामा, मिथुन लामा, मन्जित लामा, अन्जन लामा, सबिन लामा, रिना राई, मञ्जु लामा र पासाङ लामाकाे उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
याे म्यूजिक भिडियाे भिमफेदी गाईजको यूट्युब च्यानल मार्फत बजारमा सर्वजनिक गरिएकाे छ ।
हेर्नुहाेस् म्युजिक भिडियो: