–गणेश आचार्य
काभ्रे संगम म्युजिक प्रा.लि.को प्रस्तुतीमा किरण गौतम र मिश्रा काफ्ले को लोकदोहोरी गित ‘चट्ट पिरिम’ म्युजिक नेपाल मार्फत युटुबमा सार्वजनिक भएको छ।
पछिल्लो समय चर्चामा रहेका काभ्रेली युवा गायक किरण गौतमको मन छुने लोकलयमा आधारित ‘चट्ट पिरिम’ बोलको लोक दोहोरी गित उनै गायक किरण गौतम सुरिलो आवाज अनि काभ्रेली नव गायिका मिश्रा काफ्लेको आबाजमा रेकर्ड भएको हो ।
विशुद्ध मनोरञ्जन दिने उद्देश्यले निर्माण गरिएको यस लोकदोहोरी गितमा युवा उमेरमा हुने चंचलता, ख्याल ठट्टा र प्रेमिल भावना साथै ग्रामीण भेगको रहन सहन र लोक बस्तिलाइ आधार मानेर गायक किरण गौतमले आफुले देखेका र भोगेका कुरालाइ शब्दमा उताररे लेखेको बताए ।
यस अघि काभ्रे संगम म्युजिक प्रा लि मार्फत गायक किरण गौतम र गिता देविले गायको ‘चटक्कै’ र काभ्रे जिल्ला मायाको लाल किल्लाले दर्शक श्रोताले माया गरेर मन परादिए पछी निरन्तर गित संगीत लागेर नयाँ नयाँ सिर्जना गर्न प्रेरणा मिलेको गायक गौतमले बताए ।
करन चैसिरले छायांकन गरेको यस म्युजिक भिडियोलाई मौसम हिमालिले निर्देशन गरेका छ्न। साथै यस लोक दोहोरी गितमा काभ्रेलि संगीतकार बिस्णु तामाङले संगीत संयोजन गरेका छन । हिम सम्झौता प्रा. ली.ले दृश्य निर्माण गरेको यो म्युजिक भिडियोलाइ मनोस कार्किद्वारा सम्पादन गरिएको छ । लोक दोहोरी गित ‘चट्ट पिरिम’को म्युजिक भिडियोमा रामजि खाड र करिस्मा ढकालको बिशेष अभिनय र प्रस्तुति रहेको छ ।
























