भक्तपुर । साँगीतिक दुनियाँमा निकै नै चर्चा बटुलेका मिलन पाख्रिनको शव्द र प्रस्तुतीमा मोहनी मन्त्र बजारमा आएको छ ।
मोहनी मन्त्र बजारमा आए सँग उनको एल्बमले दर्शक एवं श्रोतालाई मोहनी नै लगाएको छ ।
मोहनी मन्त्रमा मिलन सँगै लोकप्रिय गायिका मेलिना राईको स्वरले श्रोताहरुमा मोहनी नै लगाएको हो ।
उक्त गीतमा गायक तथा संगीतकार जोगलाल लामाले संगीत एरेन्ज गरेका छन् ।
मोहनी मन्त्रको छायाँकन फिल्म तथा म्युजिक भिडियो सुटिङ स्पोर्ट गोकर्ण क्षेत्रको मनोरम दृष्यमा गरिएको छ । म्युजिक भिडियोमा प्रकाश घिसिङ र निराञ्जली लामाको ‘चक्लेटी’ अभिनय रहेको छ ।

भिडियोमा निराञ्जलीले बोकेको फोटो आफ्नो सम्झिएर मख्ख परेको प्रकाश एकै छिनमा तीन छक् हुन्छन् ।
निराञ्जलीलाई नै आधार बनाएर बनेको भिडियोमा उनको मुख्य भूमिका साथै उनको उत्कृष्ठ प्रर्दशनी समेत रहेको छ ।
नयाँ हिरो (अमिर दोङ) इन्ट्रि भएपछि बेस्ट अफ लक दिएर फर्किन्छ प्रकाश ।
माया र साँसारिक जीवन दर्शाउने उक्त भिडियो कुनै एक चलचित्र भन्दा कम नभएको निर्माण पक्षले जनाएको छ ।
मिउजिक भिडियोमा दुई जना बालकलाकरले समेत ठाउँ पाएका छन् । एल्बममा इन्सा पाख्रिन र ओसिका लामाले जिज्ञासु स्वभावमा अभिनय गरेका छन् ।
उक्त म्युजिक भिडियोमा अमिर दोङले निर्देशन गरेका छन । सो भिडियो डम्फू मिडियाको युट्टुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
























