भक्तपुर । द पल्मा ग्रपको ब्यानरमा बनेको तामाङ चलचित्र आप्लेङ्ग ला नाम्सा हाल बजारमा प्रर्दशनीको लाईनमा रहेका चार चलचित्रलाई पछार्रदै भक्तपुरमा विषेश प्रर्दशनी हुने भएको छ । तामाङ चलचित्र आप्लेङ्ग ला नाम्सा श्रावण १२ गते भक्तपुर स्थित बाराही चलचित्र मन्दिरमा विषेश प्रर्दशनी हुने भएको हो ।
विशुद्द पारिवारिक कथाबस्तुमा निर्माण भएको उक्त चलचित्रमा प्रमुख भूमिकामा बद्रि थिङ , सन्जु केसी , प्रेम तामाङ, भूईसाल तामाङ , छेम्वेल ह्योलमो, कान्छी माया ह्योलमो लगाएतको प्रमुख भूमिका रहेको छ ।
नितान्त तामाङ र ह्योलमोको पारिवारिक कथामा आधारित रहेको उक्त चलचित्रमा तामाङ अनी ह्योलमो समुदायको रिति रिवाज र संस्कृती एवं परम्पराको प्रस्तुतिकरण गरिएको छ । नेपाली समाजमा विभिन्न जात जाती एवं परम्परा रहेकामा यि दुई समुदायमा ब्याप्त रिति रिवाज तथा संस्कृतिको प्रस्तुतिकरण यस चलचित्रले गर्न खोजेको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ ।
अहिले सम्म निर्माण हुँदै आएका तामाङ चलचित्र भन्दा भिन्न विषय बस्तु एवं कथाबस्तुमा उक्त चलचित्र निर्माण भएको नायक बद्रि थिङले जानकारी दिनुभयो ।
उक्त चलचित्रमा ४ वटा गित जसमा चारै प्रकारका संगीत दिईएको छ । चलचित्रका कथाकार, गीत , शब्द दोर्जे लामाको रहेको छ भने चलचित्रमा संगीत भने चन्द्र कुमार दोङको रहेको छ । यस्तै चलचित्रमा द्वोन्द राजु किँरातको , निर्देशन , कोरियोग्राफी , सम्पादन भने अजय स्याङतानको रहेको छ । काठमाण्डौं, सिन्दुपाल्चोकको हेलम्वु स्थित सेर्माथान, तार्केघ्यङ, आमा याङरी, रामेछाप ठुलो सैलुङ लगाएतका स्थिानमा चलचित्रको छायाङकन गरिएको थियो ।
हाल बजारमा भरखरै रिलिज भएको चलचित्र ध्रान , सेमरिन मुला माया , सिसि याङ्वा जुनी, ङिङ्चे , सेर्कु लगाएतका चलचित्र प्रर्दशनी भई रहेका छन् ।
आफ्नो अलग कथाबस्तुमा रहेको आप्लेङ्ग ला नाम्सा अन्य चलचित्र भन्दा फरक विषयबस्तुमा आधारित रहेको निर्देशक अजय स्याङतानले जानकारी दिनुभयो ।
























