कुवेत । वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा रहेका कलाकार इन्द योञ्जन तामाङको स्वरमा रहेको ‘फापर पिन्ने जाँतोमा’ बोलको सेलो यूटुब मार्फत सार्वजनिक भएको छ ।

तामाङ समुदायको मौलिक तथा परम्परालाई समेटेर लेखिएको यस गीतको गीतकार कुमार बल तामाङ रहेको छ भने चर्चित गायककार, संगीतकार तथा गीतकार विशाल काल्तानको संगीत रहेको । त्यसैलगरि गायक इन्द योन्जन तामाङ को आफ्नै स्वर रहेको छ भने यो गीतमा मुख्य भुमिका अबिरल तामाङको रहेको छ।

अविरल तामाङको प्रस्तुतीमा इन्द योन्जन तामाङको स्वरमा रहेको सेलो गीत ‘फापर पिन्ने जाँतोमा’ भर्खरै रिलिज भएको हो।

यस गीतमा तामाङ चलचित्रका चार्चित नायिका शुश्मा मोक्तानले अभिनय गरेकि छिन भने नायिका मोक्तानलाई अबिरल तामाङले उक्त भिडियोमा साथ दिएको छ। यस गीतको बितरक डाम्फु मिडिया हाउसले गरेको छ ।

लौ होर्नुहोस् भिडियो

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।