नव कलकार सबु दहाल र दिनेश तिमल्सिनाको लोक दोहोरी गित “पटुकी कम्मरमा” आज बाट सार्बजनिक भएको छ। सवु इन्टरटेण्ट्मेन्टको प्रस्तुतिमा बजारमा आएको १ २ ३ बोलको गितमा गायिका गिता देविको लय साथै महेश नेपालको शब्द रहेको छ ।

यतिबेलाका ब्यस्त सङितकार बिस्णु तामाङको अत्यन्तै मीठो सङित सम्योजनमा बनेको यस लोक दोहोरी गित चर्चित गायिका गिता देविको साथमा नव कलाकार सवु दहाल् र दिनेश तिमल्सिनाको पहिलो रेकर्डेड आबाज हो।

मौलिक लोक लयमा तयार भएको यस गितमा समग्र रुपमा नव कलाकारहरु समेटिएर तयार भएको भए पनि सदा झै लोक गित संगीतमा रुचि भएका नयाँ भाइ बहिनीहरुको प्रतिभा प्रस्फुट्न गराउनको लागि हौसला प्रदान गर्दै आयकी अग्रज गायिका गिता देविले यो गितमा समाबेश भएका कलकार प्रती आसाबादी रहेको बताउछिन।

उनी भन्छिन लोक गित संगीतका असली दर्सक श्रोताको पक्कै मन जित्ने गित बनेको छ, हेरेर सुनेर प्रतिक्रिया दिन उनले आग्रह पनि गरिन। पटुकी कम्मरमा दोहोरी गितको म्युजिक भिडियोलाइ उत्तम हुमागाइले छायांकन गरेका हुन। सरोज राज भट्टराईले निर्देशन गरेको यस गितको म्युजिक भिडियोमा सन्तोष गुरुङ , शान्ती कायस्थ र सबिन दहालको निकै राम्रो अभिनय देख्न सकिन्छ। सव नम फिल्मस प्रा लिले दृश्य निर्माण गरेको यो लोक दोहोरी गित हाइलाइट नेपाल मार्फत युटुबमा उपलब्ध रहेको छ।

भिडियो

Comments

comments