पनौति । काभ्रे जिल्लाको नगरपालिकामा ‘साझा सभा’ मोवाईल एप्लिकेसनको अनुशिक्षण तथा कार्यशाला गोष्ठि सोमबार पनौतीमा सम्पन्न भएको छ ।
कार्यक्रममा पनौती नगरपालिकाको वडा नं. ७ का वडा अध्यक्ष राजेन्द्र नासुरीको उपस्थितीमा वडा नंं ७ को नागरिक समाजका प्रतिनिधि, महिला समूह, आमा समूह, बाल क्लव, युवा क्लव तथा युवा अभियानकर्मीहरको उपस्थिति रहेको थियो । ‘साझा सभा’ एप्लिकेसन अनुशिक्षण कार्यक्रममा एप्लिकेसन मोवाईल तथा कम्प्युटरमा कसरी प्रयोग गर्ने ? मोवाईल मार्फत आफ्ना जिज्ञासा कसरी राख्ने तथा कस्ता कस्ता जिज्ञासा तत्कालिन अवस्थामा रहेको छ तथा नागरिकको जिज्ञासा आइ.भि.आर मार्फत पनि कसरी राख्ने भन्ने विषय बस्तुमा केन्द्रित रहि अनुशिक्षण गरिएको थियो ।
कार्यक्रमका लागि काठमाडौं लिभिङ्ग ल्यावका सुजल स्थापित र सुकदेव अमगाईले सहजीकरण गरेको थियो । साझा सभा एप्लिकेसन अनुशिक्षण कार्यक्रम सामुदायिक सारथिले आयोजना गरेको थियो भने स्थानिय कार्य विनायक युवा क्लवका अध्यक्ष राजेन्द्र मानन्धरको संयोजनमा स्थानिय व्यवस्थापन गरिएको थियो ।
कार्यक्रमको क्रममा सामुदायिक सारथिको परियोजना उदेश्य, कार्यक्षेत्र, कार्यक्रमको गतिविधि सहित कार्यक्रमको क्रममा गरिने क्रियाकलाप सहित सामाजिक परिक्षण, सार्वजनिक परिक्षण सहित सामाजिक लेखाजोका र कानुनी प्रावधानको आधारमा समुदाय तथा समुदायका नागरिक सचेत हुनु पर्ने आवश्यक्ता विषयमा सामुदायिक सारथिका जिल्ला संयोजक भेषराज दनुवारले बताए ।
त्यस्तै नगरपालिकाको तर्फबाट निवार्चित जनप्रतिनिधि तथा वडा नं. ७ का वडा अध्यक्ष मार्फत यस आर्थिक वर्षमा वडामा भए गरेका काम तथा योजना सहित नागरिकसँग जनप्रतिनिधि आमने सामने तथा सार्वजनिक सुनुवाई सहित वडा गत क्षेत्रमा भएका कृषि, शिक्षा, स्वास्थ्य तथा पुननिर्माण विषयमा सक्रिय रुपमा अनुगमन गर्ने र यस कार्यको लागि स्थानिय संस्था तथा समुहसँग सहकार्य गरि अघि बढ्ने प्रतिबद्धता जाहेर गरे ।
प्रयोगमा ल्याइएको साझा सभा एप्लिकेशनलाई जिल्लामा रहेको १३ स्थानिय तह समाबेश तथा नगरपालिका गाउँपालिकालाई पनि यस एप्लिकेशनमा राख्ने हो भने काभ्रे जिल्लाको सबै नागरिक प्राविधिक रुपमा सञ्चारको माध्ययमबाट सहज पहुच विस्तार तथा विकास हुने देखिन्छ र यस कार्यकोलागी काठमाडौं लिभिङ्गल्याव तथा स्थानिय निकाय बीच समन्वय गर्नु पर्ने आवश्यक्ता रहेको छ ।