तेमाल अनलाइन
भक्तपुर । मृगौला पिडित अमिन सिङतानको सहयोगार्थ सिसि याङपा जुनी भक्तपुरमा प्रर्दशनी हुने भएको छ । सुशैतिम संस्कृतिक मञ्च आयोजना निर्मात्री फुल माया स्याङवोको निमार्णमा बनेको सिसि याङपा जुनी भक्तपुरमा प्रर्दशन हुन् लागेको हो ।
परम पिता फिल्मस् प्रा.लि.को ब्यानरको पहिलो प्रस्तुति रहेको तामाङ चलचित्र सिसि याङवा जुनी दुवै मृगौला पीडित अमिन सिङतानको सहयोगार्थ श्रावण २६ गते शनिबार बाराही मुभिज भक्तपुरमा बिशेष प्रदर्शन हुनेभएको छ ।
बाग्मती गाउँपालिका वडा न ८ मकवानपुर घर भएका २१ बर्षिया पिडित अमिन सिङतानको सहयोगार्थ उक्त चलचित्र प्रदर्शन गर्न लागेको बचाउ अभियान संयोजक प्रतिक तामाङ बताउनुहुन्छ ।
विगत तीन बर्ष देखि मृगौला पिति रहेका उनको उपचारमा सहयोगार्थ चलचित्र प्रर्दशनी गर्न लागिएको हो । आर्थिक अवस्था कमजोर भएका सिङतानको मृगौला प्रत्यारोपणमा सहयोग होस् भनी आफुहरुले विषेश च्यारिटी सो गर्न लागेको उहाँ बताउनुहुन्छ ।
प्रर्दशनी गरिने उक्त चलचित्र पाठ, सम्पाद तथा निर्देशक यमर सिँ ब्लोनको रहेको छ भने नायक नायिकामा श्याम रुम्बा, रोशनी ब्लोन यमर सिं ब्लोन र नव नायिका पुनम तितुङ रहेकी छिन् ।
चलचित्रमा दुईवटा गीत समाबेश गरिएको छन भने पाठकथा क्षितिज लामा घिसिङ सम्पादक दिपक लामा गीत शब्द यमर सिङ ब्लोन,संगीत अमृत लामा स्वर अमृत लामा र सुनी माया मोक्तान र मेलिना राईले दिनुभएको हो । नृत्य बुद्ध लामा रहेको उक्त चलचित्रमा द्वन्द्व उन्छोङ चेम्जोङले गरेका हुन् ।
काभ्रे,मकवानपुर ललितपुर र काठमाडौंको विभिन्न ठाउँमा छायांकन गरिएको उक्त चलचित्र दर्शकहरुको मन जित्न सफल हुने निर्माण पक्षले जनाएको छ ।
अमिन सिङतानको सहयोगार्थ सिसि याङपा जुनी भक्तपुरमा
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























