तामाङ चलचित्रको इतिहासमा करिव एक सय चालिस भन्दा बढि चलचित्र निर्माण एवं प्रर्दशनमा आएपनि फरक धारमा निर्माण भएको चलचित्र आप्लेङ्ला नाम्सा हाल सम्म प्रर्दशन भएका चलचित्र भन्दा फरक भएको मैले पाएँ ।

दुई समुदाय विचको सुमधुर सम्वन्धमा निर्माण भएको उक्त चलचित्र नेपालमा विद्यमान समुदाय विचको आपसी भाईचार , उनीहरुको विचको सम्वन्ध रहनसहन आदीको विषयमा निर्माण भएको चलचित्रले दुई अलग समुदायको विचको सम्वन्धलाई उजागर गर्न खोजेको छ ।

समाजमा भएका द्वोन्दलाई विभिन्न चलचित्रले प्रस्तुतीकरण गर्ने गरेका भएपनि यो चलचित्रले नितान्त रुपमा एक समुदाय र अर्को समुदायको विचमा भएको भाईचार एवं सम्वन्धको विषयमा उजागर गर्दै नेपाली समाजमा भएको भाईचारलाई प्रमुख रुपमा दर्शाउन खोजेको देखिन्छ ।

तामाङ समुदाय र ह्ल्मो समुदायको विचको भाईचार एवं उनीहरुको रहनसहनको विषयमा निर्माण भएको यो चलचित्र विशुद्द पारिवारीक चलचित्र भएको आफूले पाएँ ।
विशुद्द पारिवारीक चलचित्रका रुपमा द पाल्मो ग्रुपको प्रस्तुती रहेको चलचित्र आप्लेङ्गा निर्देशन पक्षले कथालाई न्याय दिएको देखें ।
चलचित्रका भएका कलाकारहरुको भूमिका एवं उनीहरुको प्रस्तुती उत्कृष्ठ रहेको छ ।
चलचित्रमा थोरै त्रुटी भने नभएको हैन, जसमा हामी गीतमा नायिकाले लगाएको भेशभुषा र उनीले लगाएको चप्पलले गर्दा अली अनौठो देखिएपनि चलचित्रमा भएका गीतहरु भने उत्कृठ नै भएको पाइयो ।

चलचित्रको कथावस्तु एवं निर्देशन अभिनय उत्कृष्ट भएपनि चलचित्रको थोरै प्रस्तुतिकरण एवं संम्वादमा भने निर्माण पक्षको आँखा नपुगेको देखियो । कथा वस्तु अनुसार सिनेमा हलमा देखाईएको फिल्मको पिक्चर क्वालिटीमा भने केहि सुधार गर्नु पर्ने छ ।
यो चलचित्रले भाषा , संस्कार , रीतिरिवाज एवं दुई समुदायको विचको रहनसहन , धर्म , खानपान , भेषभुषा लगाएतको पक्षमा भने राम्रो प्रस्तुतिकरण गरेको पाईयो ।

आदिवासी जनजाती चलचित्रमा एक हेर्ने पर्ने चलचित्रका रुपमा यो चलचित्रलाई पनि राख्न सकिने मेरो ठम्याई रहेको छ ।
मेरो ब्यक्तिगत रुपमा भन्नु पर्दा जुन कुनै पनि चलचित्रहरुले आफ्नो पहिचानलाई भने भुल्नु हुन्न ।

आफ्नो पहिचार एवं संस्कारमा रहेका चलचित्रलाई हामीले प्रर्वदन एवं प्रत्साहन दिनु पर्दछ । अन्तमा सम्पूण चलचित्र प्रेमी चलचित्र कर्मीहरुलाई हार्दिक धन्यावाद एवं शुभकामना दिन चाहन्छु ।

सुदिन दोङ

Comments

comments