काभ्रे । अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको लागि रोजाईको देश बनिरहेको बेला काभ्रेली विद्यार्थीको लागि काठमाडौं धाउन अब आवश्यकता नपर्ने भएको छ ।

 

 

अष्ट्रेलिया जाने विद्यार्थीहरु अब काभ्रेबाट सिधै अष्ट्रेलिया जान पाउने भएको छ । यससँगै काभ्रेलीहरुले धेरै खर्च गरेर काठमाडौं धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।

शुक्रवार बी.एण्ड बी इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी प्रा. लिले बनेपामा फ्रि सेमिनरको आयोजना गरी उक्त कुराको जानकारी दिएको हो ।

यस अघि जापानमा पढ्न जाने विद्यार्थीहरुको लागि मात्र काम गर्दै आएको यस कन्सल्टेन्सीले अब अष्ट्रेलियाको लागि पनि यस वर्ष देखि गर्न लागेको प्रबन्ध निर्देशक मौसमी लामाले जानकारी दिइन् । कार्यक्रममा Chief of Kingdom Institute management   kueens Institute of management का साराङ धावङ, Representative  का प्रतिनिधी इन्द्र पोखरेल र मनिश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कहाँ छ बी.एण्ड बी. इन्टरनेशनल एजुकेशन ?
बी.एण्ड.बी.को कार्यालय काभ्रेको बनेपा चारदोबाटोबाट पनौति रोडमा पर्छ ।

वि.सं. २०५८ सालमा स्थापना भएको बी. एण्ड बी. ल्यांग्वेज एण्ड ट्युसन सेन्टरको नामबाट सञ्चालन भएको यसले बी एण्ड बी इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी प्रा.लि.मा रुपान्तरण भएको प्रबन्ध निर्देशक मौसमीले बताईन् ।

‘अनुसार जुन नेपालबाट विदेश अध्ययन गर्न जाने एउटा लहर चल्यो, त्यो चाँही धेरै अगाडि देखि नै थियो उनले भनिन्, ‘शुरुशुरुमा धेरै कन्सल्टेन्सीहरु खोले तर त्यसले राम्रो प्रतिफल लिन र दिन सकेन अब हामीले दिने छु ।’

जिल्लाकै पुरानो र भरपर्दाै कन्सल्टेन्सी
२०६० सालदेखि कन्सल्टेन्सी व्यवसायले बजारमा छुट्टै गति लिएको र धेरै नै संख्यामा विदेश अध्ययन गर्न जानेलाई केही व्यवस्थापन र सही परापर्श दिनको लागि बी. एण्ड. बी. इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा. लि. मार्फत आफूहरुले सुचारु गरेको बताइन् । हाल यसको क्षेत्र फराकिलो भई लामो समय देखि विद्यार्थीहरु जापान पठाउने काम गरिरहेको साथै अष्टे«लिया जाने, युरोप जाने विद्यार्थीहरुको पनि काम गरि सकेको बताइन् ।

यस्तो छ योजना
भावी योजना भनेको सबै विद्यार्थीहरुलाई विभिन्न सेवा प्रदान गरी अघि बढ्न प्रेरित गर्ने, अप्ठेरा, समस्याहरुमा सहयोग गर्ने, सक्षम एवं योग्य व्यक्ति बन्न एउटा पुलको भूमिका निर्वाह गर्ने र व्यवसायमा मात्रै केन्द्रित नभई यस संस्थाले सामाजलाई सेवा पु¥याउने खालका थुप्रै सामाजिक कार्यहरु गर्ने योजना छ ।