दुध लोप्चन,
दक्षिण कोरिया- आगामी छुसकको अवसरमा सेप्टेम्बर २४ तारिख प्रदेश नं. ३ अन्तर्गत काभ्रे सम्पर्क समिति र धादिङ समाजले कोरियामा आयोजना गर्ने रिदम लाइभ कन्सर्ट २०१८ को ब्याण्ड तथा कलाकारहरू सार्बजनिक गरेको छ ।
नेपाली गित संगितमा विश्वलाइ नचाउन र चिनाउन साँगितिक यात्रामा निस्केका सदाबहार लोकप्रिय गायक दिपक बज्राचार्य तथा रिदम ब्यान्डलाइ आमन्त्रण गरिएको छभने बिभिन्न विधाका समाबेशी तवरमा छनौट गरिएका अन्य चर्चित कलाकारहरुमा चर्चित लोकदोहोरी गायिका बबिता बाँनिया (जेरि), नव उदयमान चर्चित गायिका पुर्णिमा लामा, मोडल तथा हट डान्सर अञ्जली अधिकारी, मोडल तथा चर्चित कलाकार रक्षा श्रेष्ठ, चर्चित हाँस्य कलाकार तथा उद्घोषक राजा राजेन्द्र पोखरेल सहितको लोकप्रिय कलाकारहरुको जम्बो टोली कार्यक्रममा छनौट गरि निमन्त्रणा गरेको कार्यक्रम संयोजक तथा काभ्रे सम्पर्क समितिका अध्यक्ष सिताराम तिमिल्सिनाले बताएका छन् ।
‘प्रवाशी नेपाली एकता आजको आवश्यकता सामाजिक सेवामा हाम्रो सामुहिक प्रतिबद्धता’ नारा सहित कोरियाको महान पर्व छुसकको अवसर पारेर यहीँ आँउदो सेप्टेम्बर २४ तारिकको दिनमा नेपाली समुदाय तथा एन.सि.सि. संस्थाको कार्यक्रम बिभाजनमा छलफल र सहमति पश्चात सर्वसम्मत अनुमति प्राप्त गरि कोरियामा गठित प्रदेश न. ३ भित्रका दुबै जिल्लाको एकता र संयुक्त प्रयासमा कोरियामा पहिलो पटक आकर्षक एवम उत्कृष्ट चर्चित कलाकारहरुको साथमा नौलो मनोरञ्जनात्मक साँगितिक माहोलमा धादिङ समाज तथा काभ्रे सम्पर्क समितीको संयुक्त आयोजनामा सदाबहार युवा पुस्ताको लोकप्रिय चर्चित ब्याण्ड तथा अहिले चर्चाको शिखर चुमिरहेका, यु-ट्युब तथा सामाजिक सञ्जालमा भाइरल भइरहेका चर्चित कोरियामा पहिलोपटक प्रस्तुती पस्कने विभिन्न बिधाको लोकप्रिय चर्चित कलाकारहरुको साथमा बेजोड प्रस्तुतीसहित “रिदम लाइभ कन्सर्ट & सांगितिक धमाका २०१८ सियोल” नामक कार्यक्रम हुन गईरहेको धादिङ समाजका अध्यक्ष तथा अर्का कार्यक्रम संयोजक सन्तोष अधिकारीले जानकारी गराएका छन्। अन्तर्राष्ट्रिय स्तरको सम्पूर्ण सुविधा सम्पन्न ‘यस २४ लाइभ हल’ (YES24 LIVE HALL)मा ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।
यस सांगितिक कार्यक्रमको प्रमुख उद्देश्य भनेको उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिनुका साथै उक्त कार्यक्रमबाट संकलन सहयोग रकम दुबै आयोजक संस्थाको जिल्लाको विकट र एम्बुलेन्स अभाव रहेको ठाँउमा एम्बुलेन्स सहयोग गरिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो, कार्यक्रम संयोजक सन्तोष अधिकारीले भने ।
एम्बुलेन्स अभावमा बिरामीलाई समयमा नै हस्पिटल पुर्याउन नसक्दा धेरैको ज्यान गएको दु:खद खबर बेला बेलामा हामीले सुन्दै र भोग्दै आएका छौ । स्वास्थ्य क्षेत्रको यहि समस्या र अभाबलाइ मध्यनजर गर्दै र प्रवासमा रहेर पनि आफ्नो माटोको लागि केही योगदान पुर्याउने हेतुले दुबै क्षेत्रको विकट गाउँ भेगमा एम्बुलेन्स सहयोग गर्ने पबित्र उद्देश्य बोकेर आयोजना गर्न लागिएको यस मनोरञ्जनात्मक परोपकारी कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउन आ-आफ्नो ठाँउबाट सक्दो साथ र सहयोग पुर्याइदिन हुन कोरियामा रहनु भएका नेपाली समुदाय, संघ संस्था, पत्रकार, समाजसेवी, अग्रज, बुद्धिजीवी, ब्यापारी, बिद्यार्थी तथा विभिन्न भिसामा रोजगारको शिलसिलामा कोरिया रहनु हुने समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा आयोजक संस्थाले अपिल गरेको छ ।
साथै यस दिन छुसक कार्यक्रम बाँडफाँडबाट सहमतिमा कार्यक्रम गर्न अनुमती पाएका संस्था बाहेक अन्य संघ संस्था र समूहले अन्य कार्यक्रम नजुधाई दिनु हुन पनि आयोजक दुबै संस्थाले अनुरोध गरेको छ ।
१०१ सदस्यीय कार्यक्रम मुल आयोजक कमिटि गठन गरि सचिवालय तथा विभिन्न उप समितीहरु गठन निर्माण गरि कार्य बिभाजन गरेर कार्यक्रमको तयारी द्रुत गतिमा ब्यवस्थित रुपमा अघि बढेको कुरा कार्यक्रम सचिवालय सचिब राजेन्द्र दुलालले तेमाल आनलाईनलाई बताए।
























